१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सोमबार तीन दलको बैठक आयोजना भएको आफूलाई जानकारी नभएको बताएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै उपाध्यक्ष रावलले अहिले चर्चामा आए जस्तो एमालेले चार प्रदेश बनाउनुपर्छ भन्ने प्रस्ताव आधारिक नभएको जनाऊसमेत दिएका छन् । ‘चार प्रदेशको कुरा नेताहरुले कहाँबाट ल्याउनुभयो, मलाई थाहा भएन,’ रावलले भने,’पार्टीमा यसबारेमा छलफल भएको छैन । यसबारे मैले पनि नेताहरुसँग कुरा गर्न पाएको छैन ।’
सोमबार सिंहदरबारमा आयोजित ३ दलको बैठकमा एमाले नेताहरुको नजानुको कारणबारे सोधिएको प्रश्नमा रावलले भने- ‘नेताहरु किन जानुभएन वा उहाँहरु जाँदाजाँदै बैठक स्थगित भयो, मलाई थाहा भएन ।’
एमाले नेता रावलले जातिको नाममा संघीय प्रदेशहरु एमालेले कुनै पनि हालतमा नस्वीकार्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4