Comments Add Comment

झरना, प्रियंका र कृष्णहरि बराल साँच्चै उत्कृष्ट

priyanka-jharna-krishnahariकाठमाडौ । गएको एक सातामा भएको दुइ फिल्मी अवार्डमा अभिनेत्री झरना थापा, प्रियंका कार्की र गीतकार डा. कृष्णहरी बरालले बाजी मारेका छन् ।
प्राविधक संघले हङकङमा आयोजना गरेको नेफ्टा अवार्डमा कथानक चलचित्र ‘कोही त छ’ वाट सर्वोत्कृष्ट खलपात्रमा अवार्ड पाएकी झरना थापाले  एकसातापछि हङकङमै सम्पन्न ‘इन्फा अवार्ड’मा पनि सोही फिल्मवाट सोही विधामा अवार्ड पाइन् ।
झरनाका श्रीमान सुनिलकुमार थापा स्वयं नेफ्टा अवार्डलाइ सम्पन्न गर्न खटेकाले पनि कतिपयले झरनाको अवार्ड नियोजित हो कि भनेर शंका गरेका थिए । तर, नेफ्टाको प्रतिस्पर्धी जस्तो मानिने इन्फा अवार्ड समेत झरनाले नै पाएपछि उनी क्षमतावान हिरोइन हुन् भन्नेमा अब शंका रहेन ।
दुबै संस्थाले गरेको अवार्डमा एउटै फिल्मवाट एउटै विधामा अवार्ड पाउने अर्की नायिका हुन् पि्रयंका कार्की । इन्फा अवार्डमा ‘नाइ नभन्नु ल-२’ वाट सर्वोत्कृष्ट सह-अभिनेत्रीको अवार्ड पाएकी पि्रयंकाले नेफ्टा अवार्डमा पनि सोही फिल्मवाट सोही विधामा अवार्ड पाएकी थिइन् ।
गीतकार डा. कृष्णहरी बरालको उपस्थिती पनि गज्जब रह्यो यसपालि । ‘इन्फा अवार्ड’मा नाइ नभन्नु ल-२ वाट सर्वोत्कृष्ट गीतकारको अवार्ड पाएका बरालले नेफ्टा अवार्डमा पनि सोही गीतवाट अवार्ड पाएका थिए ।
संगीतकार बसन्त सापकोटाले पनि दुबै संस्थाको अवार्ड हात पारे । फरक के रहयो भने इन्फा अवार्डमा चलचित्र ‘नाइ नभन्नु ल-२’ वाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड पाएका उनले नेफ्टा अवार्डमा अर्को फिल्म ‘रिदम’ वाट अवार्ड पाए । दुबै फिल्मका निर्देशक विकास आचार्य नै हुन् ।
नेफ्टा अवार्ड ७ वर्ष पुरानो मानिन्छ भने इन्फा यही बर्षदेखि सुरु भएको हो । नेफ्टामा सर्वसाधारणले नरुचाएको फिल्म ‘धन्दा’ले धेरै विधामा अवार्ड पाएको थियो भने इन्फा अवार्डमा ब्यबसायिक रुपमा सफल चलचित्र ‘नाइ नभन्नु ल-२’ ले सर्वोत्कृष्ट फिल्म र निर्देशक सहित ७ विधामा अवार्ड पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment