Comments Add Comment

राजबल्लभको फिल्मलाई प्रतिष्ठित अमेरिकी अवार्ड

rajballav

काठमाडौं । नेपालका सफल नायक राजबल्लभ कोइराला अभिनित हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ ले अमेरिकामा भएको हर्टल्याण्ड फिल्म फेष्टिवलमा ‘बेष्ट युएस प्रिमियर अवार्ड’ जितेको छ ।

असोज ३० देखि कात्तिक ८ गतेसम्म चलेको फेष्टिवलमा फिल्मले ‘स्टयाण्डिङ ओभेसन’ सहित ‘वेष्ट युएस पि्रमियर अवार्ड’ हात पारेको हो ।

फिल्मले नेपाल चिनाउन सहयोग गर्ने भन्दै नायक राजबल्लभले फिल्मले नेपाली कला र संस्कृतिलाई दर्शाएको धारणा राखे । यो अवार्ड अमेरिकाको प्रतिष्ठित अवार्ड हो ।

रिक म्याकफारलाण्डको लेखन निर्देशन रहेको हाइवे टु धुम्पुसमा राजबल्लभले पाइलटको भुमिका निर्वाह गरेका छन् । यस फिल्ममा बिग्रिएकी ब्रिटिश राजकुमारी नेपाल भ्रमणमा आएपछि उनको जीवनमा आएको परिवर्तन देखाइएको छ ।

यस फिल्ममा देशभक्त खनाल, सुयशा राना, सायुस गुरुङ, सुनिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका छ ।

‘पर्खिबसें’, पहिलो पहिलो माया, गुरु दक्षिणा, छोडी गए पापा लाग्छ, अपवाद लगायत दुइदर्जन फिल्ममा काम गरेका राजबल्लभ पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनी विषयबस्तु हेरेर मात्रै फिल्म खेल्ने नायकको रुपमा परिचित छन् ।

उनको पहिलो फिल्म ‘पर्खिबसें’ ब्यबसायिक रुपमा सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment