+
+
Shares

दूरसञ्चार प्राधिकरण अध्यक्ष झाको नियुक्ति सदर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते २०:१५

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक दिगम्बर झालाई दिइएको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश गिरीशचन्द्र लालको संयुक्त इजलासले यसअघि अदालतकै एक इजलासले गरेको अन्तरिम आदेश निष्क्रिय गर्दै अध्यक्ष झालाई मार्गप्रशस्त गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदक विश्वनाथ गोयलले सो पदमा नियुक्तिका लागि छनोट प्रक्रियाको प्रारम्भमा नै असहमति गर्नुपर्ने कुरा नियुक्ति सम्पन्न भइसकेपछि विवाद उठाई दायर भएको रिट सफा उद्देश्यले नआएकाले अदालतले मद्दत गर्न नसक्ने हुँदा मागबमोजिमको आदेश जारी गर्न  मिलेन ।”

दूरसञ्चार ऐनको दफा ५ (१) तथा सोही ऐनको नियमावलीबमोजिम दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा स्नातक भई सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्नेमा मन्त्रिपरिषद्ले गत २०६९ मङ्सिर १९ गते मेकानिकल इन्जिनियर झालाई दिएको नियुक्ति बदरभागी भएको भन्दै नियुक्ति कार्यान्वयन नगर्न नगराउन तेस्रो नम्बरमा रहेका प्रत्याशी गोयलले रिट दायर गरेका थिए । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?