Comments Add Comment

टुल्के हेर्न काठमाण्डौ बाहिर एक हप्ता कुर्नुपर्ने, टिकट बुकिङ खुल्यो

tulkeकाठमाडौ । निश्चल बस्नेत निर्देशित फिल्म ‘टलकजंग भर्सेट टुल्के’ को टिकट बिक्रि खुल्ला भएको छ ।
यो फिल्म हेर्न चाहने दर्शकले बुधबारदेखि नै अनलाइन बुकिङ मार्फत आफुलाई पायक पर्ने हलको टिकट बुक गर्न पाउनेछन् ।
‘दर्शकलाई सजिलो होस् भनेर हामीले टिकट बुकिङको ब्यबस्था गरेका हौं ।’ निर्माता रबिन्द्र सिंह बानियाँले भने ।
काठमाडौको अधिकांश हलमा यही शुक्रवार रिलिज हुने यो फिल्म उपत्यका बाहिर भने कात्तिक २१ मात्रै प्रदर्शन हुने भएको छ ।
ऋचा शर्मा, खगेन्द्र लामिछाने, दयाहाङ राइ लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्म राम्रो बनेको निर्देशक निश्चल बस्नेतले दाबी गरेका छन् । मौलिक नेपाली कथामा फिल्म बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माण पक्षले गरेको छ ।
यसअघि निश्चलले निर्देशन गरेको फिल्म ‘लुट’लाई दर्शकले अत्याधिक मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment