+
+
Shares

सुर्दशनसँगै छठ मनाइन रेखाले

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १३ गते ८:३४

rekha-3

काठमाडौ । बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर अभिनेत्री रेखा थापाले छठ मनाइन । बुधवार बेलुकी गुहेश्वरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी रेखा बिहान साढे चार बजे उठेर गुहेश्वरी पुगेकी थिइन् ।
‘रातभरी नदी किनारमा बस्दा स्वास्थ्यमा समस्या होला भनेर राती घरमै बसें र बिहान उठेर गएँ ।’ उनले भनिन् । आमा सरस्वती थापासँगै उनले सूर्यलाई अघ्र्य दिएकी थिइन् ।
आफु तराईमा जन्मेकाले सानैदेखि छठमा ब्रत बसेको धारणा राख्ने रेखा तिहार र छठ दुबै पर्वलाई उत्तिकै श्रद्धा गर्ने बताउँछिन् । रेखासँगै छठ मनाउन ‘हिम्मतवाली’ नायक सुदर्शन गौतम पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?