+
+
Shares

बलात्कृत प्रहरीको भूमिकामा शिल्पा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १३ गते ८:४४

suntali-dhani
काठमाडौ । शिल्पा पोखरेल अभिनित फिल्म ‘लज्जा’ प्रदर्शन भइरहेको बेला शिल्पाकै अभिनय रहेको अर्को फिल्म ‘हवल्दार सुन्तली’ को पोष्टर सार्वजनिक गरिएको छ ।
यस फिल्ममा शिल्पाले सामुहिक बलात्कारको शिकार भएकी प्रहरी हवल्दार सुन्तली धामीको चरित्र निर्वाह गरेकी छिन् ।
ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्म छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा किशोर खतिवडा, सबिन श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
पोष्टरमा प्रहरीको डे्रसमा प्रस्तुत भएकी शिल्पाले फिल्ममा राम्रो अभिनय गरेको दाबी गरेकी छिन् । चैत २७ गते प्रदर्शन गर्ने भनिएको यस फिल्म सामाजिक कथाबस्तुमा बनेको दाबी निर्देशक लामिछानेले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?