Comments Add Comment

नेपालसँगै ‘अम्बरे राजा’ अमेरिका पनि पुग्ने

keki-and-saugat-in-shree-5-
नामकै कारण चर्चामा रहेको चलचित्र ‘श्री ५ अम्बरे’ अमेरिकाका विभिन्न २१ शहरमा प्रदर्शनमा आउने भएको छ । मंसिर ५ गते नै नेपालका ५५ हलसहित अमेरिकाका २१ शहरमा सिनेमा प्रदर्शनमा आउन लागेको जानकारी निर्माणपक्षले दिएको छ ।

नेपालमा यो सिनेमाको वितरण डीसीएनले गर्दैछ । राम्रो र दर्शकले अपेक्षा गरेका सिनेमा मात्र वितरण गर्दै आएको डीसीएनका बजार ब्यवस्थापक दीपक दंगालले बताए । यसैले, दर्शकको चाहना वुझेर ‘श्री ५ अम्बरे’लाई वितरण गर्न लागेको दंगालको भनाई छ ।

‘नेपाल ११ इन्टरटेन्मेन्ट’ले यो सिनेमालाई अमेरिकामा देखाउन लागेको हो । ‘नेपाल ११ इन्टरटेन्मेन्ट’का कार्यकारी निर्देशक प्रतिक सुवेदीले राम्रो चलचित्र पर्खीरहेका दर्शकका लागि ‘श्री ५ अम्बरे’ अमेरिकामा देखाउन पाउँदा खुशी लागेको बताए ।

जीवनसाथी फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, पि्रयंका कार्की, सिर्जना अधिकारी, यमबुद्ध लगायतका कलाकारको अभिनय छ । चलचित्रले समाजमा आफूलाई राजा ठान्ने एक पात्रको कथा भन्छ । दीपा बस्नेतको निर्देशनमा बनेको सिनेमालाई दिपक आचार्य र टीएन आचार्यले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment