Comments Add Comment

लगातार फिल्म आएपछि जीवनलाई झट्का

jiwan-luitel
दर्शकले एउटै कलाकारको निरन्तर सिनेमा हेर्न खोज्दैनन् । तर, नेपाली सिनेमा बजारमा भने केही सिमित कलाकारका मात्र सिनेमा बजारमा लाग्ने गरेका छन् । एउटै कलाकारको महिनामा २ वटासम्म सिनेमा लागेका छन् र लाग्दै पनि छन् । अफर आएका सबै सिनेमा खेल्दा नायक राजेश हमाललाई घाटा लाग्यो ।

अब, यस्तै शिकार जीवन लुइटेल, आर्यन सिग्देल, पि्रयंका कार्की, केकी अधिकारी जस्ता कलाकार पनि हुने देखिन्छ । चलचित्र ‘स्टूपिड मन’सम्म आइपुग्दा जीवनको यो बर्ष ३ वटा सिनेमा हलमा लागे । बर्षको अन्त्यसम्म आधा दर्जन पुग्ने पक्का छ ।

एकपछि अर्को अफर आएका सबै सिनेमा गर्दा आफूलाई घाटा लागेको नायक लुइटेलले स्विकार गरेका छन् । उनले विभिन्न कारणले गर्दा आफूले धेरै सिनेमामा काम गरेको भन्दै अब त्यस्तो नहुने बताए । लगातार आफ्नो सिनेमा आउँदा दर्शकलाई पनि दिक्क लाग्ने स्विकार गर्दै जीवनले आफूले अब सिमित सिनेमामा काम गर्ने खुलाए ।

अनलाइनखबरसँग कुरा गर्दै जीवनले अब बर्षमा ३ वटा मात्र सिनेमा प्रदर्शनमा आउने गरि काम गर्न लागेको खुलाए । जीवनले भने-‘मैले सिनेमा छान्ने र स्त्रिmप्ट हेर्ने काम सुरु गरिसकेको छु । अब लगालग सिनेमा प्रदर्शनमा आउँदैन ।’

जीवनले अभिनय गरेका ‘शिशा’, ‘ठूली’ र ‘स्टूपिड मन’ प्रदर्शनमा यसैबर्ष आएका छन् । तर, व्यापारिक रुपमा तिनै सिनेमा कमजोर देखिएका छन् । जसले जीवनको करिअरमा झट्का लागेको विश्लेषण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment