Comments Add Comment

सामसुङ ‘के जुम’ स्मार्टफोन पत्रकारलार्इ विशेष छुटमा

Samsung-K-Goom-with-Journalist

१३ कात्तिक, काठमाड । सामसुङ मोबाइलको नेपालका लागि अधिकारीक बिक्रेता (आइएमएस)ले पत्रकारहरूलार्इ २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन विशेष छुटमा उपलब्ध गराउने भएको छ ।

फोटोजर्नालिस्ट क्लबको सिफारिसमा आइएमएसले सामसुङ ‘के जुम’ स्मार्टफोनमा ९ हजार रूपैयाँ छुटमा उपलब्ध गराउने भएको हो । साथै, यस स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई गरिदिने भएको छ ।

बजार मूल्य ५२ हजार रूपैयाँ रहेको के जुम पत्रकारहरूले अब ४२ हजारमा खरिद गर्न पाउने भएका छन् । यसमा २० मेगापिक्सल क्यामेरा र १० एक्स जुम रहेको छ । क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारहरुका लागि एउटै सेटमा यो सुविधा रहेको छ ।

समाचार संकलनका लागि जाने पत्रकारहरुलार्इ मोबाइलबाट तस्बिर खिचेर प्रकाशित गर्न सहज हुने बिश्वास आइएमएसका अध्यक्ष दीपक मलहोत्राले विश्वास व्यक्त गरे । कम्पनीले के जुमको साथमा ५ हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि सित्तैमा उपलब्ध गराउने भएको छ ।

कम्पनीले अधिकतम २ सय सेट पत्रकारलार्इ विशेष छुटमा उपलब्ध गराउन सक्ने मलहोत्राले जानकारी दिए । छुटमा स्मार्टफोन लिनका लागि पत्रकारले फोटो जर्नालिष्ट क्लबको सिफारिस लिनुपर्ने छ । क्लवका सदस्यहरूका हकमा भने सिफारिसको अवश्यकता नपर्ने बताइएको छ ।

स्मार्टफोन किस्तामा समेत लिन सकिने छ । २० हजार डाउन पेमेन्ट गरेर एक वर्षका लागि बिनाब्याज किस्ताबन्दीमा स्मार्टफोन लिन सकिने ग्लोबल अइएमइ बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर जनक शर्माले बताए ।

बैंकले पत्रकारको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधीबाट ऋण प्रबाह गर्ने शर्माले जानकारी दिए । एक वर्षभन्दा बढीका लागि किस्तावन्दीमा लिनुपरेमा त्यसको भने बैंकको नियमअनुसार ब्याज बुझाउनुपर्ने हुन्छ ।

आइएमएसका अध्यक्ष दिपक मलहोत्राले यो छुट योजना सिमित स्मार्टफोनमा मात्र भएकाले पत्रकारलार्इ छिटो फाइदा लिन आग्रह गरे । सित्तैमा उपलब्ध गराएको केजुमको कभर प्रयोगपछि स्मार्टफोन खस्दा पनि नफुट्ने आइएमएसको दाबी छ ।

आइएमसले नेपाली मार्केटमा दुर्इ महिनाको अवधिमा २२ सय वटा ग्यालेक्सी केजुम बिक्री गरिसकेको अध्यक्ष मलहोत्राले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment