Comments Add Comment

कर्मचारी रिझाएका विश्वका दश लोकप्रिय हाकिम

ceoहाकिम हुनु सजिलो छैन । व्यवस्थापन तथा संस्थाले तय गरेको लक्ष्य प्राप्त गर्न कर्मचारीलाई उत्प्रेरित बनाएर काम गराउनु अर्थात् कर्मचारीको प्यारो हुनु, नयाँ आइडिया सिर्जना गरी संस्थापमा नयाँपन तथा जिवन्तता ल्याउनु वा पृथक पहिचान स्थापित गराउन सकेमा मात्र हाकिम सफल हुन्छ । अझ निकै प्रतिस्पर्धा तथा चलायमान प्रविधि उद्योगमा हाकिम हुनु झनै गाह्रो हुन्छ ।

तर यस्तै अप्ठेरो तथा चुनौतिलाई ग्रहण गर्दै विश्वका चर्चित टेक कम्पनीका प्रमुख कार्यकारीहरुले आफुलाई सफल हाकिमको रुपमा चम्काएका मात्र छैनन् कम्पनीलाई पनि चम्काइदिएका छन् । कर्मचारीलाई खुसी राख्दै संस्थालाई समेत प्रगतिउन्मुख गराउने विश्वका प्रविधि कम्पनीका सफल र लोकपि्रय प्रमुख कार्यकारीको सूचि तयार पारेको छ ब्लुमबर्गले । जस अनुसार विश्वका दश जना लोकपि्रय हाकिम यस्ता छन्-

१. लिंक्डइनका प्रमुख कार्यकारी जेफ वेनर-उनले ९९.५ अंक पाएका छन् । उनी सन् २००८ देखि लिंक्डइनको प्रमुख कार्यकारी छन् । लिंक्डइन पछिल्लो समयमा निकै लोकपि्रय सामाजिक संजालको रुपमा स्थापित भएको छ । यसका विश्वभरमा ३३ करोड प्रयोगकर्ता हुनुका साथै ६ हजार कर्मचारी छन् ।

२.क्वालकोमका पाउल ज्याकोब- यद्यपि उनले गएको मार्चमा क्वालकोमको प्रमुख कार्यकारी पदबाट राजिनामा दिए । तर लगातार १० वर्षसम्म प्रमुख कार्यकारी रहँदा उनले कम्पनीका कर्मचारीको मन खुबै जितेका रहेछन् ।

३. इन्टुइटका प्रमुख कार्यकारी ब्राड स्मिथ- सन् २००८ देखि अमेरिकी सफ्टवेयर कम्पनी इन्टुइटका प्रमुख कार्यकारी रहेका स्मिटले ९४.४ अंक पाएका छन् ।

४. फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग- विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकका प्रमुख कार्यकारी जुकरबर्ग विश्वका टेक कम्पनीको चौथो लोकपि्रय हाकिममा पर्छन् । फेसबुक स्थापना काल सन् २००४ देखिनै सिइओ रहेका उनले ९३.३ अंक पाएका छन् ।

५.गुगलका सिइओ ल्यारी पेज- सन् २००१ देखि गुगलको सिइओ रहेका पेजले ९३.२ अंक पाएका छन् । उनी गुगलका सहसस्थापक पनि हुन् ।

६. सेल्सफोर्स डट कमका सिइओ मार्क बेनिओफ- क्लाउड कम्प्युटिङ कम्पनी सेल्सफोर्सका सिइओ बेनिओफ सन् १९९९ देखि कम्पनीको नेतृत्व तहमा छन् । उनले ९३ अंक पाएर विश्वको छैटौँ लोकपि्रय हाकिमको रुपमा आफुलाई स्थापित गराएका छन् ।

७. रिभरबेडका सिइओ जेरी केन्नेली- नेटवर्क एप्लिकेसन कम्पनी रिभरबेड टेक्नोलोजीका सिइओ केन्नेली सन् २००२ देखि कम्पनीको हाकिम छन् । उनले ९२.८ अंक पाएका छन् ।

८. एप्पलका टिम कुक- सन् २०११ देखि एप्पलको सिइओ रहेका कुकले हालै आफु समलिंगी भएको घेाषणा पनि गरेका छन् । उनी विश्वका आठौँ लोकपि्रय हाकिम हुँदा ९२ अंक पाएका छन् ।

९. इबेका सिइओ जोन डोनेहो- अनलाइन सपिङ साइट इबेमा सन् २००८ देखि सिइओ रहेका जोनलाई ९१.२ प्रतिशत कर्मचारीले रुचाएका छन् ।

१०. एडिपीका सिइओ कार्लोस रोडि्रगेज- पे रोल सेवा प्रदायक एडिपी कम्पनीमा उनी सन् २०११ देखि सिइओ छन् । उनले ९०.६ अंक पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment