१५ कात्तिक, काठमाडौं । यस साता सुनको भाउ १५ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५० हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।
अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच, अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई पूर्ण रुपमा कटौती गरेपछि यसले अमेरिकी अर्थतन्त्र सुढृद भएको यकिन देखिएको छ भने डलर अझ मजुबत रही आगामी सन् २०१५ देखि बैंक ब्याजदर बढ्ने संकेत देखिएको छ ।
सुनका ग्राहकहरुको यस्तो आंकलनका कारण सुनको मुख्य माग रहने एशियाका प्रमुख देशहरुमा चाडपर्व र विवाहको सिजन हुँदाहुँदै पनि सुनको भाउ ओर्लिने क्रम जारी छ ।
चाँदीको दरभाउ पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउँदै विगत ४ बर्षयताकै न्यून बिन्दुमा झरेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । जबकी साताको पहिलो दिन आइतबार चाँदी ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
पछिल्लो अवस्थालाई हेर्ने हो भने आगामी केही हप्ता सुनचाँदीको भाउ क्रमशः घट्ने क्रम जारी रहने अनुमान महासंघले गरेको छ ।
बार | सुन (प्रतिलोला) | चादी (प्रतितोला) |
---|---|---|
आइतबार | रु. ५२,००० | रु. ७३५ |
सोमबार | रु. ५२,००० | रु. ७३० |
मंगलबार | रु. ५१,६०० | रु. ७२० |
बुधबार | रु. ५१,६०० | रु. ७२५ |
बिहीबार | रु. ५१,२०० | रु. ७२२ |
शुक्रबार | रु. ५०,५०० | रु. ६९५ |