Comments Add Comment

सुतेकै अवस्थामा मण्डलको मृत्यु

रामचन्द्र नेपाल
१६ कात्तिक, क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मोरङको कठयाहा गाविस घर भई वातुपहातको श्री सोलुङ नजिकै रहेको अल्टो फर्निचर कम्पनीमा कार्यरत ४० वर्षका शशि मण्डलको शनिबार राति ज्यान गएको हो ।
नियमित खानपिन गरेर राति ११ बजे सुतेका मण्डललाई बिहान साढे पाँच बजेको समयमा साथिहरुले बेलाउन जाँदा मृत अवस्थामा फेला परेका थिए ।
मण्डल दुई वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । मृतक मण्डलको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन । शवलाई नेपाल पठाउने प्रकृया शुरु भएको कम्पनीले जनाएको छ ।
मलेसिया हरेक दिनजसो एक नेपालीको सुतेको अवस्थामै ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment