+
+
Shares

तुलाधरको नेतृत्वमा जनजाति आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १२:४८

१६ कात्तिक, काठमाडौं । एकल जातीय पहिचान सहितको संघिय प्रदेश बनाउन दवाव दिने उद्देश्यले पद्मरत्न तुलाधरको अध्यक्षतामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल नामक मोर्चा गठन भएको छ । काठमाडौंमा आइतबार घोषणा सभा गरी मोर्चा गठन भएको औपचारिक जानकारी दिइएको हो ।

janajati-aandolan-nepalआदिवासी जनजातिहरुको अधिकार नयाँ संविधानमा सुनिश्चित गराउन नयाँ उचाइको आन्दोलन आवश्यक भएकोले मोर्चा गठन गरिएको घोषणापत्रमा उल्लेख छ ।

सार्बभौमिकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न, एकल जातीय पहिचानसहितको संघीय संविधान बनाउन, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न, आत्म निर्णयको अधिकार सुनिश्चित गर्न र पूर्ण समानुपातिक समावेशी निर्बाचन प्रणाली अपनाउन दवावमुलक कार्यक्रम गर्ने मोर्चाले जनाएको छ ।

‘त्यसका लागि सबै आदिवासी जनजातिहरुलाई एकताबद्ध भइ सशक्त आन्दोलनको आँधीबेहरी सिर्जना गर्न जोडदार आह्वान गर्दछ,’ घोषणापत्रमा उल्लेख छ ।

आन्दोलनलाई सैद्धान्तिक, बैचारिक तथा राजनीतिक सल्लाह तथा सुझावहरु सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा बरिष्ठ सँस्कृतिविद सत्यमोहन जोशी, तिलविक्रम नेम्वाङ -वैरागी काइँला), प्राध्यापक माणिकलाल श्रेष्ठ, कृष्ण हाछेथु, बमकुमारी बुढा, लंकमान रोकामगर लगायत छन् ।

प्रज्ञाभवन कमलादीमा आयोजित घोषणासभा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायत दलका जनजाति नेताहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?