काठमाडौं । प्रसिद्ध भारतीय निर्देशक श्याम वेनेगलसँग नेपाली चलचित्रकर्मीले साक्षात्कार गर्ने भएका छन् ।
भारतीय राजदूतावासको निमन्त्रणामा नेपाल आएका निर्देशक बेनेगल सोमवार दिउँसो ओस्कार इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् ।
उनी भारतकै प्रसिद्ध निर्देशक मानिन्छन् । बेनेगल मात्रै यस्ता निर्देशक हुन् जसले सात पटक राष्ट्रिय फिल्म पुरस्कार पाएका छन् । ‘हामीले दुई घण्टाको कार्यक्रम राखेका छौं, उहाँले हाम्रा विद्यार्थीले राखेका जिज्ञासा पनि मेटाइदिनु हुने छ भन्ने विश्वास गरेका छौं ।’ कलेजका प्रमुख प्रशासक नवनिधी दाहालले भने ।
कार्यक्रममा निर्देशक बेनेगलले आफ्ना केही अनुभुति र फिल्मको शैलिवारे पनि बताउने छन् । चलचित्रसँग सम्बन्धित दुई सय बढी ब्यक्तिलाई कार्यक्रमका लागि निम्तो गरेको बताउने दाहालले आफ्ना विद्यार्थीलाई उत्प्रेरित गर्नका लागि प्रसिद्ध निर्देशकलाई निमन्त्रणा गरेका बताए ।
सन १९७३ मा बनेको ‘अंकुर’मार्फत् निर्देशनमा प्रवेश गरेका वेनेगलका निशान्त, मन्थन, भुमिका लगायतका फिल्म चर्चित छन् ।
प्रतिक्रिया 4