Comments Add Comment

राजेश हमालको समय चिन्ने क्षमता फेरिएकै हो ?

rajesh-hamal
काठमाडौं । अभिनेता राजेश हमाल सामान्यतयाः फिल्मसम्बन्धी कार्यक्रममा ढिला उपस्थीत हुने र आगन्तुकलाई पर्खाउने अतिथिकारुपमा परिचित छन् । तर, उनै हमाल पछिल्ला दिनमा समयमै कार्यक्रममा आउन थालेपछि उनका बिषयमा अनेक टिप्पणी सुरु भएको छ ।
कतिपय कार्यक्रममा सुरु भएको डेढ दुई घण्टा पछि मात्रै पुग्ने हमाल अहिले कार्यक्रम सुरु हुनु भन्दा ५ मिनेट अगाडी नै पुग्न थालेका छन् ।
चलचित्र ‘बागमति’ युनिटले आयोजना गरेको कार्यक्रममा नायिका केकी अधिकारी भन्दा हमाल चाँडै आएपछि उनीहरुको आगमनको विषयमा राम्रै टिप्पणी भयो । केकीले पत्रकार सम्मेलनवारे आफुलाई जानकारी नभएको कुरा गरिन् भने हमालले कुनै प्रतिक्रिया जनाएनन् ।
पछिल्लो समय अभिनेता हमाल निर्धारित समय भन्दा पहिल्यै कार्यक्रममा उपस्थित हुनुलाई कतिपयले फिल्म नपाएको कारण समेत भन्न थालेका छन् । फिल्म नभएकै कारण हमाल छिटो आए भन्ने भनाइसँग हमालका संगत गर्नेहरु सहमत छैनन् ।
उनीहरुका भनाइअनुसार हमाल समयको एकदमै ख्याल गर्ने ब्यक्ति हुन् तर, कतिपय फिल्म निर्देशकले गलत ब्याख्या गरे ।
कुनै पनि कार्यक्रममको वारेमा निम्ता पाए लगत्तै हमालले भन्ने गर्छन -‘म यति बजे मात्रै आउन सक्छु’ तीन बजेको कार्यक्रम छ भने हमालले पहिल्यै भन्छन ‘म साँढे तीन या चार बजे मात्रै आउन सक्छु ।’
हमालको कुरा सुनेर हुन्छ भने पनि कार्यक्रमको रमझम भने दुई बजेदेखी नै सुरु हुने गर्छन । तीन बजे त सबै आइपुग्छन् । तर, आयोजकले हमालले भनेको कुरा बिर्सिदिन्छन र मात्रै ‘उहाँ आउदै हुनुहन्छ’ भनेर पखाईदिन्छन् ।
‘फिल्मसँग सम्बन्धित धेरै कार्यक्रममा हमाल ढिला आएको देखिनुको मुख्य कारण बुझाइमा फरक मात्रै हो, राजेश दादाले म यति बजे मात्रै आउछु भनेपछि त्यहिअनुसार कार्यक्रम गरेको भए समस्या आउने थिए ।’ सहयोगी रोशन हमालले भने ।
कहिल्यै प्रतिक्रिया जनाएनन्
कार्यक्रममा ढिला आएको, सुटिङमा टेक खाएको, निर्देशकलाई हेपेको जस्ता आशयमा थुप्रै समाचार आए हमालका पटकपटक । तर हमाल मात्रै यस्ता ब्यक्ति हुन् जसले आफ्नो आलोचना गरेर लेखेको समाचारका विषयमा कहिल्यै टाउको दुखाएनन् । न त कुनै प्रतिक्रिया नै जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment