बिहिबारबाट छायांकनमा जान लागेको चलचित्र ‘लुटेरा’का लागि निर्माण यूनिटले अझै कलाकार पक्का गर्न सकेको छैन । चलचित्रका लागि मुख्य कलाकारहरुमा निखिल उप्रेती, किशोर खतिवडा र हर्षिका श्रेष्ठ पक्का भएपनि एक नायिकाको टुंगो लागेको छैन ।
सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रमा बसन्तकुमार श्रेष्ठ, गोपाल कायस्थ र छिरिङ दोर्जे लामाको लगानी छ । पूर्णतया व्यवसायिक कथामा बन्न लागेको यो चलचित्रमा कलाकार सन्दिप क्षेत्री पनि केही दिन अगाडि पक्का भएका थिए । तर, निर्देशक सविर श्रेष्ठले भने सन्दिपसाग कुरा अगाडि बढेको बन्दै भूमिकाको बारेमा कुरा भैरहेको जानकारी दिए ।
नायिका हर्षिका श्रेष्ठलाई भने यो फिल्म चिठ्ठा परेको छ । निखिलको कम ब्याक र मसलेदार फिल्मले दर्शकलाई उत्साह बढाएको छ । जसका कारण, असफल फिल्म दिइरहेकी नायिका श्रेष्ठलाई फाइदा पुग्ने देखिन्छ ।
नायक निखिल उप्रेती अहिले आफ्नै निर्देशनमा बनिरहेको चलचित्र ‘भैरव’मा व्यस्त छन् । निखिलले १० दिनपछि ‘लुटेरा’मा काम गर्नेछन् । अहिले अर्का कलाकार किशोर खतिवडालाई लिएर छायांकनमा जान लागेको निर्देशक सविर श्रेष्ठले बताए ।
प्रतिक्रिया 4