Comments Add Comment

‘मेरो मान्छे’को शुभसाइतसँगै छायांकन सुरु

mero-manche
चलचित्र ‘मेरो मान्छे’ बन्ने भएको छ । चितवनमा शुभसाइत गर्दै चलचित्रको छायांकन आरम्भ गरिएको हो । चितवनको चित्रसारीमा अवस्थित चित्रसेन बाबा मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो । चित्रसेन बाबा मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई राज सरगमले निर्देशन गर्दैछन् ।

नारायण खतिवडाको निर्माणमा बन्न लागेको ‘मेरो मान्छे’मा नव- कलाकार दीपक ढकाल, अनिल अधिकारीको साथमा मोडलहरु सगुन शाही, स्मिता थपलियाको अभिनय रहनेछ । यस्तै, यो चलचित्रमा गणेश उप्रेती, रमेश लोहनी, रविन कथायत, दीपक अधिकारी, राज यादब, आजाद खाaन लगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।

यसअघि ‘भेटी’ र ‘लफडा’ बनाएका खतिवडाले ‘मेरो मान्छे’ फरक भएको बताए । उनक अघिल्ला चलचित्र असफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment