१८ कात्तिक काठमाडौं । साताको सुरुदेखि नै घटेको नेप्से मंगलबार पनि घटेको छ । मंगलबार ६.५७ अंकले घटेर नेप्से परिसूचक ८९७.४६ प्रतिशतमा झरेको छ ।
मंगलबार उत्पादनमूलक र अन्य समुह झिनो अंकले बढे पनि बाँकी समुहगत सूचकहरु घटेपछि नेप्से घटेको हो । उत्पादनमुलक समुहको०.९३ अंकले र अन्य समुहको सूचक २.३५ अंकले बढेको छ ।
वाणिज्य बैंक समुहको सूचक ४.७४ अंकले घटेको छ । यो समूहको ८ करोड १८ लाख रुपैयाँको कारोबार भयो ।
त्यसैगरीहोटल समुहको २१.८९ अंकले, विकास बैंक समुहको ५.९६ अंकले, जलविद्युत समुहको २२.९५ अंकले, वित्त कम्पनी समुहको ४.७३ अंकले र बीमा समुहको सूचक ६६.५९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार नेप्सेमा १ सय २२ कम्पनीका ४ लाख ३४ हजार कित्ता सेयर २० करोड ६४ लाख रुपैयाँमा किनबेच भएका छन् । केहीदिन यता नेप्से र कारोबार दुबै घटिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4