Comments Add Comment

सुन्दर निर्मात्रीलाई कलाकारले स्टेजमै ढोगे

zingadi roks (4)
नेपाली चलचित्रको बजार फराकिलो नबन्दा यसमा लाग्ने कोही पनि व्यक्ती आफूलाई सुरक्षित महशुश गर्न सकेका छैनन् । यही कारणले गर्दा चलचित्रमा लगानी गर्ने निर्माता अहिलेको अवस्थामा निक्कै मन भएको भन्ने चर्चा पनि सुनिन्छ ।

आज काठमाण्डौमा आयोजना भएको चलचित्र ‘जिन्दगी रक्स’को ट्रेलर सार्वजनिक कार्यक्रम यस चलचित्रकी निर्मात्री सुजता श्रेष्ठलाई कलाकारले स्टेजमै ढोगे । आफूलाई पहिलो चलचित्रमा अवसर दिएको भन्दै कलाकारले निर्मात्रीलाई आभार व्यक्त गरेको हुनसक्छ ।

अधिकांश नया कलाकारको बाहुल्यता रहेको चलचित्रलाई साहसिक रोमान्टिक कमेडी भनिएको छ । केही यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई चलचित्रले देखाउन खोजेको छ । चलचित्रमा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय छ ।

म्यूजिक भिडियोमा सफल मानिएका निकेश खड्काले यो चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा निरोज महर्जनको कथा, हरी हुमागाइको छायांकन, निशान घिमिरेको सम्पादन छ । भी प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा विरेन्द्रराज तुलाधरको लगानी छ । यो चलचित्र पौष १८ गतेबाट प्रदर्शनमा आउनेछ । कार्यक्रममा चलचित्रमा समावेश ‘लखर लखर’ बोलको गीत पनि सार्वजनिक गरियो ।

कार्यक्रममा चलचित्रका दुई कलाकार अकेषा बिष्ट र सुरमराज तुलाधरले एक गीतमा लाइभ प्रस्तुती दिएका थिए । चलचित्रको प्रचारलाई भिन्न शैलीबाट अगाडि बढाउने निर्माणपक्षले योजना बुनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment