Comments Add Comment

फेसबुकमाथि अंकुश लगाउनेमा भारत पहिलो, नेपाल पुछारमा

Facebook-NSA-PRISMफेसबुकका सामाग्रीमाथि पहुँच निस्तेज पार्ने मामिलामा भारत विश्वमै पहिलो स्थानमा परेको छ । सन् २०१४ को सुरुका ६ महिनामा मात्र भारतमा फेसबुकका झण्डै ५ हजार सामाग्रीमा बन्देज लगाइएको छ ।
फेसबुकले सार्वजनिक गरेको तेश्रो ‘सरकारी अनुरोध प्रतिवेदन’ को तथ्यांक अनुसार भारतको सरकारी निकाय तथा अन्य एजेन्सीको अनुरोधका आधारमा आफ्नो वेबसाइटका यतिधेरै सामाग्रीमाथिको पहुँचमा छेकबार लगाइएको हो । सामाजिक संजालमा घृणाजन्य सामाग्री विरुद्धको कार्यमा सहयोग गर्दै फेसबुकले आफ्नो वेबसाइटका सामाग्रीमा प्रतिबन्ध लगाएको हो ।
फेसबुक प्रयोगकर्ताको संख्याका हिसाबले भारत विश्वमा अमेरिकापछि दोश्रो स्थानमा पर्दछ । भारतमा १० करोड भन्दा बढि फेसबुक प्रयोगकर्ता छन् ।
६ महिनामा भारतमा फेसबुकका ५ हजार सामाग्रीमाथि बन्देज लगाइएकोमा सोही अवधिमा टर्कीमा १ हजार ८ सय ९३ तथा पाकिस्तानमा १ हजार ७७३ सामाग्रीमा बन्देज लगाइएको थियो ।
‘हामीले भारतमा कानून कार्यान्वयन अधिकारी तथा भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमको उजुरीका आधारमा स्थानीय कानून उल्लंघन गरिएका धर्म तथा राज्यको आलोचना गरिएका कैयौँ सामाग्रीहरुमाथिको पहुँचमा बन्देज लगाएका छौँ’, फेसबुकले आफ्नो रिपोर्टमा भनेको छ ।
अर्को रोचक तथ्य त के भने फेसबुक प्रयोगकर्ताको अकाउण्टमा पहुँच दिनका लागि फेसबुकलाई अनुरोध गर्ने मामिलामा पनि भारत विश्वमा दोश्रो स्थानमा रहेको छ । पहिलो स्थानमा अमेरिका छ । अमेरिकाले यो अवधिमा १५ हजार ४ सय ३३ जना प्रयोगकर्ताको डाटा तथा अकाउण्ट सूचना माग गरेको छ ।
सन् २०१४ को जनवरीदेखि जुनसम्मको अवधिमा फेसबुकले भारतबाट ५ हजार ९ सय ५८ जना प्रयोगकर्ता तथा अकाउण्टको सूचना माग गर्दै सरकारले ४ हजार ५ सय ५९ वटा अनुरोध गरेको पाइएको छ । यो अवधिमा विश्वभरबाट ३४ हजार ९४६ वटा अनुरोध प्राप्त भएका छन् ।
सरकारले फेसबुक प्रयोगकर्ताको सूचना माग्ने र अकाउण्टमा पहुँच दिन गर्ने अनुरोध गएको वर्षभन्दा ४० प्रतिशतले बढेको बताइएको छ ।

देश प्रयोगकर्ताको सूचना माग सामाग्रीमाथिको बन्देज
भारत ४५५९ ४९६०
पाकिस्तान ११६ १७७३
टर्की १५३ १८९३
अमेरिका १५,४३३
नेपाल
ब्राजिल १३०७
फ्रान्स २२४९ २२
जर्मनी २५३७ ३४

यस्तोखाले गभर्मेन्ट रिक्वेस्ट रिपोर्ट सार्वजनिक गर्न थालेयता फेसबुकले आफ्ना २३,६६७ प्रयोगकर्ताको सूचना माग गर्दै सरकारले १५ हजार ४३३ अनुरोध प्राप्त भएको जनाएको छ ।
यो अवधिमा कानून विपरितका सामाग्रीमाथि बन्देज लगाउने क्रम १९ प्रतिशतले बढेको फेसबुकले जनाएको छ ।
फेसबुकले सरकारहरुबाट आउने यस्ता खाले अनुरोधको विश्लेषण गर्छ र कानून तथा आफ्नो संहिता अनुसार कार्यान्वयन गर्दछ । फेसबुकले सरकारी अनुरोधको आधारमा सामाग्रीमा बन्देज लगाउनु पर्दा समबन्धित देशमा मात्र बन्देज लगाउँछ तर आफ्नो सामाजिक संहिता विपरित देखिएमा भने वेबसाइटबाटै हटाइदिन्छ ।
सरकारहरुलाई पारदर्शी बनाउनका लागि उद्योग तथा नागरिक समाजसँग मिलेर काम गर्ने पनि फेसबुकले जनाएको छ ।
सन् २०१४ को सुरुको ६ महिनामा टि्वटरमा २ हजार ५८ वटा सरकारी अनुरोध प्राप्त भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढि हो । गुगलमा पनि यस्ता अनुरोधमा १५ प्रतिशतले बृद्धि भएको छ ।
के छ नेपालको अवस्था ?
फेसबुकको रिपोर्ट अनुसार सन् २०१४ को सुरुका ६ महिनामा नेपालमा सरकारको तर्फबाट फेसबुकका सामाग्रीमाथि बन्देज लगाउन कुनैपनि अनुरोध गरिएन । तर यस अवधिमा दुई जना फेसबुक प्रयोगकर्ताको डाटा उपलब्ध गराउनका लागि नेपाल सरकारले फेसबुकलाई सरकारले आग्रह गरेको छ । डाटा रेफरेन्सको लागि २ वटा अनुरोध फेसबुकलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment