+
+
Shares

ह्याप्पी न्यु इयरको कमाइ तीनसय करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते ९:४७

happy-new-year
मुम्बइ । शाहरुखको खानको पछिल्लो फिल्म ‘ह्याप्पी न्यु इयर’ ले विश्वभरवाट ३१० करोड कमाइ गरेको छ ।
शाहरुखको फिल्म निर्माण संस्था रेड चिल्लीज इन्टरटेनमेन्ट प्रालिसँग आबद्ध एक कर्मचारीले दिएको जानकारी अनुसार आजको मितिसम्म फिल्मले ३१० करोड भन्दा बढी कमाइ गरेको छ ।
फिल्म सफल भएको उपलक्ष्यमा अभिनेता अमिताभ बच्चनले माइक्रोब्लगिङ साइट ट्वीटरमा लेखेका छन् ‘वाह एचएनवाइ ले दुनियाभरवाट ३०० करोड कमाइ गरेको छ । शाहरुख र फराहलाई बधाइ । यसको असली हकदार फराह नै हुन् । जसको कारण फिल्म सफल भयो ।’
त्यसो त पछिल्लो समय अमिताभ र शाहरुख एक अर्काको प्रसंसामा जुटेका छन् । केही दिन अघि मात्रै मुम्बइमा आयोजित पत्रकार सम्मेलनमा अभिषेक बच्चनको कामवाट आफु प्रभावित भएको भन्दै शाहरुखले भनेका थिए ‘हाँस्य कलाकार मात्रै पूर्ण कलाकार हो, जुन क्षमता अभिषेक बच्चनमा छ ।’
फराह खान निर्देशित मल्टिस्टार फिल्म ‘ह्याप्पी न्यु इयर’ २४ अक्टुवरमा रिलिज भएको थियो । यसमा शाहरुख खान, दिपिका पादुकोण, अभिषेक बच्चन बोमन इरानी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?