Comments Add Comment

छिप्पिएका युवतीले २७ सय डलरमा गर्नथाले एक्लो बिहे ! केटा नै नचाहिने

solo wedding1
पछिल्लो समयमा  एकल अविवाहित युवतीहरुको संख्या निकै बढ्दै गएको छ, जापानमा । महिलाहरुले घरबार बसाल्ने तर्फ भन्दा आफ्नो करिअरलाई मुख्य प्राथमिकता दिन थालेपछि युवतीहरु विवाह विनै छिप्पिँदै जान थालेका हुन् ।

जिवनसाथी विनै आफ्नो उमेर छिप्पिँदै गएको देख्दा कतिपय युवतीहरुलाई कहिलेकाहीँ चिन्ता लाग्दो हो, तर यहीँ कुरो भने कतिपयका लागि व्यापार बन्न थालेको छ ।

अचम्मको कुरा के भने जापानमा यस्ता केही एजेन्सीहरु छन् जसले एकल युवतीहरुलाई ध्यानमा राख्दै विशेष सेवा दिन थालेका छन् । यस मध्येको एक सेवा हो, ‘सोलो वेडिङ’ अर्थात् एकल विवाह । क्योटोमा रहेको सेरा ट्राभल्स एजेन्सीले यस्तो अनौठो सेवा सुरु गरेको छ ।

यो एजेन्सीले ती युवतीहरुका लागि विवाहकै जस्तो वातावरण तयार गरिदिन्छ जसले आफुलाई दुलही जस्तै गरी सजाउन र सिँगारिन चाहन्छन् । यद्यपि यो खास विवाह भने होइन ।

solo wedding2

यो प्रकारको नक्कली बिहेमा बनाबटी दुलही अर्थात् छिप्पिएकी एकल युवतीलाई बेहुलीको पहिरनमा सिँगारिन्छ । विवाहको समारोह नै आयोजना गरिन्छ, पार्टीको आयोजना गरिन्छ र पाहुनाहरु पनि बोलाइन्छ । ती पाहुनाहरुले बेहुलीलाई बधाइ समेत दिन्छन् । एक दिनको यो कार्यक्रमबाट एकल युवतीहरुले आफु बेहुली भएको सपना बुन्दै आनन्द लिन्छन् र अर्को दिन पुनः आफ्नो जागिर सुरु गर्छन् एक्लै ।

यो एकल विवाह समारोहक कुनै देखावटी जस्तो नदेखियोस् र साँच्चीकै विवाह समारोह जस्तै होस् भन्ने कुरालाई ध्यानमा राख्दै एजेन्सीले विशेष पेसेवर मानिसलाई यसको व्यवस्थापनमा खटाएको हुन्छ ।

बेहुलीको खुसीका लागि निकै सुन्दर ठाउँमा लगेर फोटोशूट समेत गराइन्छ । आफुसँग फोटोशूट गर्नका लागि ती बेहुलीले आफुलाई मनपर्ने युवक पनि छान्न पाउँछिन् ।

बिवाह पछि आफुलाई मनपर्ने चर्चित होटलमा हनिमुन समेत मनाउन पाइन्छ र सो हनिमुनमा युवतीहरुले आफ्नो साँच्चीकैको ब्वायफ्रेन्डलाई बोलाउन पाउँछन् ।

गएको जुन महिनादेखि यस्तो एकल विवाहको सेवा सुरु भएकोमा अहिलेसम्म झण्डै दुइ दर्जन एकल युवतीले एकल विवाह गरिसकेका छन् ।

आफ्नो एकल विवाह गर्नका लागि युवतीहरुले २ हजार ७ सय ५० डलर बराबर रकम तिर्नुप्र्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment