+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बिदेश जान हिँडेको ठिटो जब क्रिकेट खेलाडी बन्यो !

२१ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए । क्रिकेटमा नलागेको भए शायद अहिले उनी विदेशमा कठोर श्रम गरिरहेका हुन्थे ।

सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते २०:२५

cricketer-karan-kcराजकुमार श्रेष्ठ

२१ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए । क्रिकेटमा नलागेको भए शायद अहिले उनी विदेशमा कठोर श्रम गरिरहेका हुन्थे ।

सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

केसीले पोखरा पुगेर पासपोर्ट पनि बनाए । तर, कुन देश जाने भन्ने निश्चित थिएन ।

एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ। तर, आर्थिक अवस्था कमजोर भएका कारण सकिएन

यसैक्रममा मार्चमा पोखरामा क्षेत्र नम्बर ८ को क्रिकेट टोली छनोट हुँदै थियो । उनलाई लाग्यो ,एकपटक प्रयास कसो नगरौं । ‘भिसा लाग्ने कहिले हो, एउटा चान्स लिउँ। भए हुन्छ, नभए विदेश जान्छु भनेर कोसिस गरेँ’ केसीले अनलाइनखबरसँग भने ।

केसीले क्षेत्र नम्बर ८ का खेलाडी दीपेश खत्रीलाई फेसबुकमै सन्देश पठाए । दीपेश उनलाई मौका दिन तयार भए । ‘म पनि क्रिकेट खेल्छु, हेर्नु होला भनेपछि उहाँले लेकसाइड लैजानुभयो’ नेपालमा आफ्नो क्रिकेट यात्रा सुनाउँदै करणले भने-‘पोखराका लागि म छनोट भएँ ।’

क्षेत्रीय टीममा परेपछि करणको विदेश जाने योजना सकियो र सुरु भयो नेपालमा क्रिकेट करिअर । उनले भने- ‘त्यसबेला म निकै उत्साहित थिएँ । अब मेरो क्रिकेट करियर सुरु भयो भन्ने लागेको थियो ।’

एकेडेमी नलगेपछि स्कुल गइँन

बाग्लुङमा जन्मिएका करणलाई झण्डै एक वर्षको उमेरमा नै बाबु-आमाले भारत लगे । जागिरे बाबु चण्डीगढमा बस्थे, करणको वाल्यकाल पनि त्यहीँ बित्यो । यही भएर उनी आफ्नो लवजमा हिन्दी मिसाएर बोल्छन् । नेपाली बोल्न उनी प्रयास गर्दैछन् ।

उनले भारतीय स्कुलमा पढ्दा क्रिकेट खेल्न सिकेका हुन् । पढाइसँगै क्रिकेटलाई निरन्तरता दिए । तर, परिवारबाट क्रिकेटमा खासै सहयोग भएन ।

क्रिकेट एकेडेमीमा भर्ना गरिदिन आग्रह गरे । तर, बाबुआमाले नमानेपछि झण्डै एकमहिना स्कुल नै जान मानेनन् । स्कुले जीवनको त्यो दिन सम्झँदै उनी भन्छन्-‘ एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनेँ।’

उनलाई १४/१५ वर्षको हुँदा बाबुले एकपटक मात्र ब्याट निकिदिएका छन्, त्यो पनि टेनिस ब्याट । उनले भने-‘स्कुलमा खेल्दा साथीहरुको ब्याट प्रयोग गर्थेँ । म्यान अफ दि म्याच, अफ दि सिजन हुँदा ब्याट र बल पाइन्थ्यो । स्कुलको क्रिकेटमा ब्याट पाउँदा खुसी लाग्थ्यो ।’

राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु । नियमित टीममा पर्न कोसिस गर्छु

स्कुले जीवनपछि उनले क्रिकेटलाई निरन्तरता दिन सकेनन् । टेबलटेनिस खेले तर, मन मानेन् । उनी घरबाट बिहान निस्किएपछि अर्को दिनमात्र फर्किन्थे । ‘दिनभर क्रिकेट हेर्‍यो, फेरि रातमा पनि क्रिकेट हेर्‍यो’ करणले भने- घरवाला परेशान हुन्थे ।’

परिवारले जागिर गर्न भने पनि करणले मानेनन्, बरु क्रिकेटकै पछि लागे । अति भएपछि बाबुआमाले रोजगारीका लागि विदेश पठाउन करणलाई पासपोर्ट बनाउन नेपाल पठाए ।

बाबुआमा भारतमै भएकाले उनी पोखरा काकीको घरमा आए र पासपोर्ट बनाए । तर, विदेशका लागि आएका उनी एकाएक क्रिकेटमा होमिए ।

cricketer-karan-kc-1यसरी लाग्यो ‘लक’

पोखराको क्षेत्रीय क्रिकेटपछि उनले धनगढीमा भएको नेपाल प्रिमियर लिग खेले । १० विकेट लिँदै टपटेन बलरमा परेपछि राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दशानायक प्रभावित भए र करणलाई प्रशिक्षणमा बोलाए ।

नेपाली क्रिकेटमा यात्रा थालेको झण्डै ८ महिनामा सिनियर टीममा परेका छन् । बुधबार उनी हङकङविरुद्धको सेरिज खेल्न श्रीलंका भ्रमणमा गए ।

प्रशिक्षक पुबुदु करणका लागि यो भ्रमण अवसर भएको बताउँछन् । करण पनि यो अबसरलाई सदुपयोग गरेर आफ्नो क्षमता देखाउन तयार छन् ।

‘राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु’ आफूलाई चाहिएको अनुभव श्रीलंका भ्रमणमा हासिल हुन सक्ने भन्दै उनले भने-‘त्यसपछि नियमित टीममा पर्न कोसिस गर्छु ।’

बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, अमृत भट्टराई, जीतेन्द्र मुखिया, राहुल विश्वकर्मा, चन्द्र साउद, अविनाश कर्णजस्ता स्टार बलरहरु छन् । जसले कुनै न कुनैबेला आफूलाई स्थापित गरेका छन् ।

यस्तोमा करणलाई नेपाली टीममा स्थान बनाउन सजिलो छैन भन्ने थाहा छ । ‘टीममा राम्रा र अनुभवी बलरहरु छन् । मसँग त ड्यूज बलको अनुभव छैन । मैले धेरै नै संघर्ष गर्नुपर्छ’ उनले भने- तर, म तयार छु ।’

ओपनिङ बलर बन्ने सपना

नेपाली टीमका कप्तान पारस खड्काबाट करण निकै प्रभावित छन् । फास्ट बलर, ब्याटिङ पनि राम्रो गर्ने पारसको नेचर पनि उनलाई  एकदमै मनपर्छ । उनी भन्छन्- मेरो पनि उद्देश्य पारस दाइजस्तै अलराउण्डर हुने हो ।’

उनको सपना छ, सोमपाल कामीसँगै नेपाली टीमको ओपनिङ बलर बन्ने ।

सोमपाल पञ्जावमा हुर्किएका हुन् । उनी नेपाल आएको निकै छोटो समयमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बन्न सफल भएका छन् । करण पनि सोमपालकै सिको गर्ने कोसिसमा छन् ।

तर, सोमपाललाई भने नेपाल आएपछि मात्रै चिनेको करणले सुनाए । केही समयपछि भारतमा जाँदा एक साथीले भनिदिए कि सोमपाल र करणको साथी एउटै टीममा थियो पहिले ।

हिन्दी मिसिएको लवजमा करणले भने-‘उसले मेरोसित भी’ खेल्यो भनेपछि सँगै खेलेको भन्ने थाहा पाएँ ।’

नेपाली टीमका सदस्यहरुसँग कुरा गर्दा पनि उनी नेपाली हिन्दी मिसाएर नै बोल्छन् । कुराकानीमा अप्ठ्यारो हुँदैन ? उनले हाँस्दै जवाफ दिए -‘उनीहरु पनि हिन्दी अलिअलि बोल्छन्, म पनि नेपाली ट्राइ गर्छु ।’

सेन बाट्सन आइडल प्लेयर

उनी अष्ट्रेलिया क्रिकेट टीमका फ्यान हुन् भने सेन बाट्सन उनका आइडल प्लेयर हुन् । फुर्सद मिल्यो कि उनी अष्ट्रेलियाको क्रिकेट हेर्छन् । ‘उनीहरुको रणनीति र एग्रेसिभनेस मनपर्छ । करण भन्छन-‘डु अर डाइ’को अवस्थामा राम्रो खेल्न सक्ने क्षमता मन पर्छ ।’

पोखराको घरमा एक्लै बस्नुपर्दा उनलाई बुबाआमाको यादले सताउने गरेको छ ।

भारतमा गएर फेरि क्रिकेटमा ट्राइ गरौं जस्तो लाग्छ ? उनको जवाफ छ -‘लाग्दैन । अब जे गर्ने हो, नेपालमै गर्ने हो । अब त नेपाल टीमको सदस्य बनिसकेँ । देशका लागि सर्पोट गर्ने हो ।’

र, चेल्सीको ज्याकेट …

कुराकानीका क्रममा उनको ज्याकेटमा आँखा पर्‍यो । उनले चेल्सीको ज्याकेट लगाएका थिए । कुराकानीको अन्तिमतिर ज्याकेट त चेल्सीको रहेछ नि भनेर प्रश्न गर्दा करणले हाँस्दै भने- ‘जाडो नहोस् भनेर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?