Comments Add Comment

सार्कको नाममा नेताका दैलोसम्मै कालोपत्र

road-pich-gardai२३ कात्तिक, काठमाडौ । बालुवाटारको उपहार मार्गसम्मको मूल सडक धुलाम्मे छ । गत चैत्रमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्र गरिएको छ ।

करिब २५ मिटर लामो कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुङ्गिन्छ ।

मुल सडकको बायाातर्फबाट ६० मिटर दूरीमा अर्को सहायक मार्ग आउँछ । करिब ३० मिटर कालोपत्रे गरिएको त्यो बाटो संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ्को घरको दैलोमा टुङ्गिन्छ, अन्नपूर्ण पोष्टमा खबर छ ।

मुल सडक छलेर नेताद्वय नेम्वाङ् र रिजालको दैलोसम्म पुगेर टुङ्गिने सडक गत विहीबार महानगरपालिकाले कालोपत्र गरिदिएको हो ।

उपहारमार्ग आसपासका बासिन्दाका अनुसार उनीहरुले ठेकेदार कृष्णप्रसाद चौंलागाइँलाई मूल सडक पनि कालोपत्रे गर्न आग्रह गर्दा उनले ‘हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ’ भनेका थिए ।

करिब चार मिटर चौडा भएको उपहार मार्गको मुल सडक अहिले फराकिलो पारेर ६ मिटर बनाइएको छ । तर कालोपत्रे गरिएको छैन । सोहीबाटोबाट दायाँ मन्त्री रिजालको घर जाने बाटो छ भने रिजालको घरभन्दा मूलबाटोको बायाँतर्फ सभामुख नेम्वाङको घरजाने बाटो छुट्टएिको छ । नेम्वाङ र रिजाल सरकारी सुविधासहित क्वाटरमा बस्दै आएका छन् । अन्नपूर्णका पत्रकार शनिवार मन्त्री रिजालको घर पुग्दा त्याहाँ सुरक्षा गार्ड मात्रै थिए भने नेम्वाङको घर सुनसान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment