Comments Add Comment

लाइसेन्सको लागि उमेर हद बढाइने

driving-licence२४ कात्तिक, काठमाडौ । सरकारले २५ वर्ष उमेर पुगेकालाई मात्रै सार्वजनिक सवारी चलाउँन लाइसेन्स दिने ब्यवस्था गर्न लागेको छ । कम उमेरका चालकले सवारी हााक्दा दुर्घटना बढेको भन्दै सरकारले सार्वजनिक सवारी चलाउने चालकका निम्ति लाइसेन्सको उमेरहद बढाउन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात ब्यवस्था ऐन ०४९ संसोधन गरेर नयाँ ब्यवस्था गर्न लागेको नागरिक दैनिकमा खबर छ । यसका लागि ऐनको परिच्छेद ४ मा रहेको ‘चालक अनुमतिपत्र’ सम्बन्धी ब्यवस्था संसोधन गरी कानून मन्त्रालय पठाइएको छ ।

संसोधित ब्यवस्था अनुसार मन्त्रालयले लाइसेन्सलाई ब्यवसायिक र गैरब्यवसायिक गरी दुई भागमा विभाजन गरेको छ । हालसम्म सरकारले सवैलाई एकैखाले लाइसेन्स प्रदान गर्दै आएको छ ।

प्रस्तावित ब्यवस्था अनुसार ब्यवसायिक लाइसेन्स लिन चाहने चालकको उमेर २५ वर्ष हुनुपर्नेछ । हालको ब्यवस्था अनुसार २१ वर्ष पुगेकाले ठूला सवारीको लाइसेन्स लिन सक्छन् ।

गैरब्यवसायिक लाइसेन्समा भने पुरानै ब्यवस्था अनुसार लाइसेन्स लिन सकिन्छ । मझौला र साना सवारीका निम्ति १८ वर्ष र मोटरसाइकल तथा त्यस्तै अन्य साना दुईपाङग्रे सवारीका निम्ति १६ वर्ष उमेर पुगेका ब्यक्तिले चालक अनुमति पत्र प्राप्त गर्न सक्नेछन् ।

यातायात ब्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार अनुभव नभएका चालकले सार्वजनिक सवारी चलाउँदा दुर्घटना बढ्नुका साथै सवारी अनुशासनमासमेत असर परिरहेकोले सवैको सुझावका आधारमा लाइसेन्सको उमेरहद बढाउन लागिएको हो ।

उमेरहदसँगै ब्यवसायिक लाइसेन्स लिनेलाई ट्राफिक नियमको प्रशिक्षण र थप प्रयोगात्मक परीक्षा पनि ब्यवस्था गर्न लागेको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment