Comments Add Comment

एडेभञ्चर ट्राभल एक्स्पोमा जंगल सफारी लज, सफारी पर्यटनको प्रचार

Jungle-Safari-Ludge-Sidni

२४ कात्तिक, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा सञ्चालन भएको दुई दिने एडभेञ्चर ट्राभल एक्स्पो आइतबार सम्पन्न भएको छ ।

एक्स्पोमा नेपालबाट ‘जंगल सफारी लज’ र ‘अल सिजन्स एडभेञ्चर’ ले संयुक्त रुपमा सहभागिता जनाएका थिए । तीसवटा विभिन्न देशका ट्राभल कम्पनीहरुको एक्स्पोमा सहभागिता थियो ।

‘हामीले सोचेको भन्दा बढि पर्यटकहरुले हाम्रो स्टलमा आएर जानकारी लिएका छन्’ जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले भने- ‘एक्सपोमा पर्यटकको सहभागिता र उनीहरुले हामीप्रति देखाएको रुचीले थप हौसाला मिलेको छ ।’

आफुहरुले सिड्नीमा सिंगो नेपालको प्रतिनिधित्व गरेको निर्देशक घिमिरेको भनाई छ । ‘धेरैले नेपाललाई हिमाली क्षेत्र भनेर चिनेका रहेछन्, तर एक्सपोमा हामीले नेपालमा सफारी पर्यटन पनि छ है भन्ने सन्देश दिन सफल भयौं’ उनले भने ।

एक्स्पोमा करिव १० हजार पर्यटकहरुले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment