Comments Add Comment

दश करोडको लगानीमा सुविधा सम्पन्न विश्राम गृह

Lumbini-Bishram-Grihaसलमान खान

२४ कार्तिक, लुम्विनी । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा सुविधा सम्पन्न विश्राम गृह निर्माण गरिएको छ । थाइल्यान्डको संस्था ‘थाइ पुंग थाइ’ले १० करोड लगानीमा उक्त विश्राम गृह निर्माण गरेको हो ।

विश्राम गृहको लाइल्यान्डकी पूर्व स्वास्थ्य मन्त्री खुनिङ सुदारतले एक कार्यक्रमबीच उद्घाटन गरिन् । बुद्धको जन्मस्थल लुम्विनी भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी बनाइएको बहुउद्देश्यीय विश्राम गृह नेपाली जनतालाई उपहारस्वरुप प्रदान गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरेकी छिन ।

कार्यक्रममा बोल्दै लुम्विनी विकास कोषका सदस्य सचिव अजित मान तामाङले विश्राम गृहले लुम्विनी भ्रमणमा आउने पर्यटकलाई थप फाइदा पुग्ने बताए ।

लुम्विनीस्थित विश्व शान्ति द्धिपको पूर्वतर्फ करीब ५० मिटरको दुरीमा रहेको उक्त बहुउद्धेश्यीय विश्राम गृहमा ६ वटा सिमेन्टका विश्रामस्थल, पानी पर्दा बस्नका लागी सेड सहीतको  विश्राम गृह, पुरुषहरुका लागी ८ वटा शौचालय र २४ वटा मुत्रालय, १२ वटा धारासहितका हात धुने सिंक, महिलाहरुका लागी १६ वटा शौचालय, १२ वटा धारासहितका हात धुने सिंक रहेका छन् ।

Lumbini-Bishram-Griha-2

त्यस्तैगरी मायादेवी मन्दीर जानुपूर्व हातखुट्टा धुनका लागी १४ वटा धारा भएको दुईवटा कोठाहरु रहेका छन् । विश्राम गृहमा ६५ जना क्षमता रहेको अडिटोरियम हल समेत बनाइएको छ । जहाँ लुम्विनीका बारेमा सजिलै जानकारी दिन/लिन सकिन्छ ।

विश्राम गृहभित्र लुम्विनी भ्रमणमा आउने विशिष्ट पाहुनाहरुका लागी विशिष्ट कक्ष ,स्वास्थ्य सेवा केन्द्र, सुरक्षा केन्द्र समेत रहेका छन् ।

यसअघि थाई पुंग थाइले लुम्विनीस्थित मायादेवी मन्दीरको पेरीफेरीमा फुटपाथ (पैदलयात्रा मार्ग), पुष्करनी कुन्डको पानी निर्जलीकरण गर्ने प्रविधी, लिटिल बुद्धको मुर्ति लगायत निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment