+
+
Shares

ड्रग्स तस्करीको आरोपमा बलिउड नायिका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते १४:२१

mamata

बलिउडकी चर्चित नायिका ममता कुलकर्णीलाई ड्रग्स तस्करीको आरोपमा केन्याको प्रहरीले पक्राउ गरेको छ । ममताका पती विकी गोस्वामीलाई भने हिरासतमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बलिउडमा ९० को दशकमा आफ्नो अभिनय र हट दृश्यका कारण ममता चर्चामा थिइन् । उनले बलिउडका चर्चित कलाकारहरुसँग काम गरेकी  छिन् । केन्याको मोमास्सामा ममता र उनका पतीलाई गहिरो सोधपुछ गरिएको छ । यो अप्रेशनमा विभिन्न ४ व्यक्तिलाई पक्राउ गरिएको छ ।

ममताले ‘घातक’, ‘करण अर्जुन’, ‘बाजी’ जस्ता बलिउड चलचित्रमा काम गरेकी थिइन् । उनी विगत केही बर्षदेखि अध्यात्मतर्फ लागेकी थिइन् । उनी हाल ‘अटोबायोग्राफी अफ एन योगिनी’ नामक पुस्तक लेखिरहेकी छिन् ।

तर, केन्या प्रहरीले अहिलेसम्म ममतालाई लगाइएको आरोपको भने खुलासा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?