Comments Add Comment

क्यानले हवाई टिकट बिक्री व्यवस्थित गर्ने

Humla-Simikot-Airport

३० कात्तिक, जुम्ला । हवाई टिकटका लागि विमानस्थलमा कुर्ने र नपाएर त्यसै फर्किनुपर्ने समस्या अब समाधान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जुम्ला विमानस्थलमा भइरहेको हवाई टिकट बिक्रीलाई व्यवस्थित गर्न लागेको हो । अब विमानस्थल आएका व्यक्तिले केही दिनपछिको भए पनि टिकट पाउने र टिकट सुरक्षितसमेत गर्न पाउने छन्  ।

हवाई टिकट बिक्रीमा अनियमितता भएको भन्ने उजुरी परेपछि छानबिनका लागि जुम्ला आएका प्राधिकरणका उपनिर्देशक रामकुमार रायले भने- ‘हवाई टिकट बिक्रीमा अनियमितता भएको भन्ने उजुरी परेका कारण छानबिन गर्दा विमानस्थल आएको व्यक्ति बिनाटिकट फर्किनु परेको पाइयो, यो राम्रो होइन, यसले अनियमितता भएको पुष्टि गरेको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment