+
+
Shares

अर्थमन्त्रालय फुटाउने महेश बस्नेतको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १७:०९

Mahesh Basnet३० कात्तिक, भक्तपुर । उद्योगमन्त्री महेश बस्नेतले राज्य पुनसंरचनासँगै मन्त्रिपरिषदको पनि पुनःसंरचना गर्नुपर्नेे बताएका छन् ।

भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको प्रथम साधारणसभाको आइतबार ठिमीमा उदघाटन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको सही संरचना नहुँदा जनताले सानो काममा पनि ठूलो दुःख पाइरहेको बताए ।

मन्त्री बस्नेतले भने, ‘एउटा सानो कामका लागि ३-४ वटा मन्त्रालय धाउनुपर्ने बाध्यता जनतालाई छ, त्यसैले राज्यको पुनःसंरचनासँगै मन्त्रिपरिषद्को पुनःसंरचना गर्नुपर्छ ।’

मन्त्रालय फुटाउने र गाभ्ने कुरा

अर्थ मन्त्रालयलाई राजस्व मन्त्रालयसहितको दुईवटा मन्त्रालय बनाइनुपर्ने मन्त्री बस्नेतले धारणा राखे । उनले फर्निचर व्यवसायीको कार्यक्रममा भने, ‘अर्थ मन्त्रालयलाई धेरै भार भयो, यसलाई टुक्रयाएर दुईवटा मन्त्रालय बनाइनुपर्छ, एउटा अर्थ मन्त्रालय, अर्को राजस्व मन्त्रालय ।’

त्यस्तै, वाणिज्य मन्त्रालयलाई उद्योग मन्त्रालयमा गाभ्नुपर्ने बस्नेतले बताए । यसो गरेमात्रै जनतालाई सहज हुने मन्त्री बस्नेतले दाबी गरे ।

अर्थमन्त्रीको विरोध गर्दै हिँडेको भन्ने चर्चाबारे उनले भने, ‘मैले अर्थमन्त्रीको विरोध गर्दै हिँड्यो भन्ने चर्चा चलेछ, मलाई अरु मन्त्रालयको विरोध गर्नु छैन, मेरो भनाइ अर्थ मन्त्रालयले उद्योग व्यवसायीलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्छ भन्ने हो । अहिले निरुत्साहित गर्ने काम भइरहेका छन् भन्ने मात्रै हो ।’

कर बढी असुल्ने व्यवस्थाले मात्रै देशको विकास नहुने जिकिर गर्दै मन्त्री बस्नेतले आर्थिक समृद्धिका लागि उद्योगको विकास र विस्तार गर्नुपर्नेमा जोड दिए ।

उद्योग मन्त्रालयले देशभरको औद्योगिक प्रोफाइल बनाउन लागेको उनले जानकारी पनि दिए । औद्योगिक सूचना केन्द्र गठन गर्न लागेको, खानीहरुको अन्वेषण गर्न लागेको र खानी विभाग तथा कम्पनी रजिष्ट्रार कार्यालयलाई पाँचवटै विकास क्षेत्रमा विस्तार गर्न लागेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?