Comments Add Comment

विश्व सुन्दरीको ताज जित्ने ‘मिस नेपाल’को दाबी

subin
लण्डनमा आयोजना हुन लागेको ‘मिस वल्र्ड’मा नेपालको तर्फबाट ‘मिस नेपाल’ सुबिन लिम्बु सहभागी हुनेछिन् । उनलाई एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ ।  ‘मेथिली’ नामक राष्ट्रिय पोशाक उनलाई हस्तान्तरण गरिएको हो ।

द हाइल्याण्ड आर्टले यो पोशाक डिजाइन गरेको हो । कल्पना योङ हाङले यो डिजाइन सुबिनलाई हस्तान्तरण गरेकी हुन् । बिहिबार ‘मिस वल्र्ड’मा सहभागी हुन सुबिन लण्डन प्रस्थान गर्दैछिन् ।

सुविनले ‘नेशनल कल्चरल राउण्ड’मा यो पहिरन लगाउनेछिन् । कार्यक्रममा सुविनले आफूले ‘मिस वल्र्ड’को ताज जितेरै ल्याउने दाबी गरिन् । कार्यक्रममा बोल्दै द हाइल्याण्ड आर्टकी अध्यक्ष कल्पना योङ हाङले आफ्नो डिजाइन सुविनले ‘मिस वल्र्ड’मा प्रदर्शन गर्ने भएकोमा आफूलाई निक्कै खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment