Comments Add Comment

कर तिर्ने प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने

४ मंसिर, काठमाडौं । ग्यास विक्रेता महासङ्घले सिलिन्डर सङ्ख्याको आधारमा मुनाफाबाट मात्र कर तिर्ने प्रणर्ाली हुनुपर्ने माग गरेको छ ।

Gasतेस्रो राष्ट्रिय कर दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित अन्तक्रिर्यामा महासंघले कमिसनको आधारमा कर तिर्ने प्रणाली हुनुपर्नेमा जोड दिएको हो ।

महासंघको तर्फबाट कर समस्या समाधान समितिका संयोजक यज्ञप्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै वितरकहरूलाई सरकारद्वारा आधिकारिक तहका रुपमा किटान गरिनुपर्ने बताए ।

कर छली हुन नदिनका लागि वितरकहरूले डिलरलाई भ्याट बिल काट्दा एक हजार ४३८ रुपैयाँमा काट्न पाउनुपर्ने, एक दिनको सबै बिक्री एउटै बिलमा एकमुष्ट काट्न पाउने व्यवस्था हुनुपर्ने र देशभर महासङ्घअन्तर्गतका कर्मचारीमार्फत कर तिर्ने व्यवस्था गर्न सके लक्ष्यअनुरुपको कर असुली हुने कार्यपत्रमा उल्लेख छ ।

महासंघले विगत चार दशकदेखि नै नेपालमा खाना पकाउने एलपी ग्यासको कारोबार हुँदै आएको भए पनि यसमा स्पष्ट नीति नियम र कानुन अभावले व्यवसाय सञ्चालमा विभिन्न कठिनाइ भइरहेको जनाएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले व्यवसायीमा खरिद र बिक्री प्रणालीको ज्ञानको अवगत नभएकाले समस्या आएको भन्दै कर तिर्ने प्रणालीलाई प्रभावकारी बनाउन व्यवसायीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले एलपी ग्यासमा केहीदिनभित्रै स्वचालित मूल्य लागू गर्ने र निलो रातो सिलिन्डरलाई अझ प्रचलनमा ल्याउने जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment