Comments Add Comment

प्रचण्ड मोर्चा तत्कालै आन्दोलनमा नजाने

Prachanda morcha meet

१३ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चाले तत्काल सडक आन्दोलन नगर्ने भएको छ ।

साथै संविधानका अन्तरबस्तुमा सहमतिका लागि केही दिन प्रयास गर्ने बताएको छ । ‘दुई/तीन दिनभित्रमा सहमति भएन भने माघ ८ भित्र संविधान जारी गर्न निकै गाह्रो हुन्छ’ प्रचण्डले भनेका छन् ।

सात दलीय संघीय लोकतान्त्रिक गठवन्धनको शनिबार संहदरवारमा बसेको बैठकले सहमतिको पहल गर्ने निर्णय गरेको छ । ‘यसअघि सार्कपछि संघर्षका कार्यक्रम घोषणा गर्ने भनिएको थियो । अहिले सहमतिकै पहल गर्ने निर्णय भएको छ’ माओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने-‘सहमति भएन भने त आन्दोलन हुन्छ ।’

यसअघि प्रचण्ड नेतृत्वको मोर्चाले सार्क लगत्तै सडक आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

शीर्ष बैठकमा मधेसीलाई सहभागी गराउन माग

प्रचण्ड नेतृत्वको मोर्चाले शीर्ष नेताहरूको बैठकहरुमा मधेसी मोर्चालाई पनि सहभागी गराउन माग गरेको छ । प्रचण्ड मोर्चामा रहेका मधेसवादी दलहरुले हालै मात्र मधेसी मोर्चा पुनर्गठन गर्ने निर्णय गरेका थिए ।

साझा प्रस्ताव अनुसूचीमा मात्र

माओवादी मोर्चाले सात प्रदेशसहितको सत्तारुढ दलको प्रस्ताव सम्वाद समितिको प्रतिवेदनको अनुसूचीमा राख्न सकिने अडान दोहोर्‍याएको छ ।

‘सम्वाद समितिको बैठकबारे पनि छलफल भएको छ’ पोखरेलले भने-‘बैठकमा कांग्रेस एमाले लगायतका ४३ जना सदस्यको हस्ताक्षरसहित आएको प्रस्तावलाई विषयवस्तु बनाउन मिल्दैन ।’

कांग्रेस, एमाले, राप्रपासहितका दलले भने आफूहरुको साझा प्रस्तावसहित सबैलाई संविधानसभामा पठाउन माग गर्दै आएका छन् ।

माओवादी प्रमुख सचेतक पोखरेलका अनुसार सम्वाद समितिको बैठकअघि संविधानसभामा भएका २० दलको बैठक समेत बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment