Comments Add Comment

मुक्तिनाथ बैंकको ४० प्रतिशत लाभांस पारित

Muktinath bank१४ मंसिर काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको आठाैं वाषिर्क साधारणसभा शनिवार पोखरामा सम्पन्न भएको छ ।

बैक सञ्चालक समितिका अध्यक्ष मिनप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश तथा ३८ प्रतिशत वोनस शेयर स्वीकृत गर्ने प्रस्ताव पारित भएको छ ।

बैंकको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिको संरचना परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फवाट ४ जना, सर्वसाधारण शेयरधनीको तर्फवाट ३ जना र व्यवसायिक विशेषज्ञ १ जना रहने गरी ८ जनाको सञ्चालक समिति रहने व्यवस्था सम्वन्धी विशेष प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

सभामाले उपयुक्त वित्तीय संस्था प्राप्ति वा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा लघुवित्त सेवा तर्फका सर्वाेत्कृष्ट केन्द्रहरुका केन्द्र प्रमुखहरुलाई खादा ओडाई सम्मानपत्रका साथै नगद पुरस्कार समेत वितरण गरिएको थियो ।

२०७१ आसार मसान्तमा बैंकले ५ अर्व १९ करोड निक्षेप संकलन गरी४ अर्व ४४ करोड कर्जा रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले २३ करोड ८६ लाख संचालन नाफा कमाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment