Comments Add Comment

सामसङका दुई नयाँ गियर बजारमा

samsung-gear-s-final-

१५ मंसिर, काठमाडौं । सामसङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक आइएमएसले सामसङका दुई नयाँ गियर नेपाली बजारमा ल्याएको छ ।

नयाँ डिजाइन रहेको गियर सर्कल घाँटीमा लगाउन मिल्छ भने यसमा रहेको म्याग्नेटिक सेन्सरको मद्दतले फोन रिसिभ गर्न र गीत प्ले तथा पज गर्न मिल्छ ।

गियरको टच सेन्सरको मद्दतले ध्वनि कन्ट्रोल गर्न सकिन्छ । साथै, यसमा ब्लुटुथ ३.०, हाब्रिड कनालइयरफोन र सिङल एमइएमएस माइक रहेको छ । १८०० एमएएच ब्याटि्र रहेको गियर सर्कलको मूल्य ११ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

samsung-gear-circle-final-

गियर एसमा २ इन्चको कभ्र्ड सुपर एमोलेड स्कि्रन रहेको छ, जसले यसलाई हातमा बाँध्न सजिलो बनाउँछ भने यसको परिवर्तन गर्न मिल्ने स्ट्रेपले यसलाई आकर्षक रुप दिन्छ ।

१ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको गियर एसमा ५१२ एमबी र्‍याम ४ जिबी मेमोरी रहेेको छ । दुई सिम र थि्रजी नेटवर्क सपोर्ट गर्ने गियर एसमा ब्लुटुथ ४.१ र वाइफाइ पनि रहेको छ । यसको मूल्य ४१ हजार ९ सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment