१७ मंसिर, बाग्लुङ । बाग्लुङको भकुण्डे गाविसमा बुधबार विहान जिप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभासद हरि खड्का सहित चार जना घाइते भएका छन् ।
ग १ झ २२४ नम्वरको ‘पिकअप जिप’ बुधबार विहान साढे ११ बजेतिर भकुन्डे-९ कमिरे भन्ने स्थानमा दुर्घटना भएको हो ।
घाइतेहरुलाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याइएको छ । सभासद खड्काको टाउकोमा चोट लागेको र नाकबाट रगत बगिरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
खड्का बाग्लुङ क्षेत्र नम्बर १ बाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4