१७ मंसिर, काठमाडौं । एनसेलले बुधबार एनसेल एप क्याम्पअन्तर्गत कृषि, शिक्षा, कर्पोरेट सोलुसन्स र पर्यटन विधागत क्षेत्रबाट ६/६ वटा समूह गरी आगामी प्रतिस्पर्धाका लागि उत्कृष्ट २४ समूहको घोषणा गरेको छ ।
चार विधामा उत्कृष्ट २४ को स्थान प्राप्त गर्न १५० प्रतिस्पर्धी टिमहरु रहेका थिए । मंसिर १५ गते मध्यरातसम्म परिमार्जित अवधारणा पेशी बन्द भए पश्चात, ईन्टरनेशनल फाइन्यान्सल कोर्पाेरेशन अफ दि वर्ल्ड बैंक ग्रुप, नेपाल टुरिजम बोर्ड, गोल्छा अर्गनाइजेसन, निम्बस र एफ वान सफ्ट तथा अन्य संस्थाका प्रतिनिधिहरु भएको स्वतन्त्र निर्णायक मण्डलले एपको आइडिया र व्यवसायिक योजनाका आधारमा अंक प्रदान गरेका थिए ।
एपले समाधान गर्ने समस्या, विश्वव्यापी पहुँचको संभावना, व्यावसायिक नमुना, प्रस्तुतीकरण र अन्य आधारमा अंक प्रदान गरी टिमहरुको निर्णय गरिएको थियो ।
उच्च अंक हासिल गरी छनोट भएका ६ समूहरुमा कृषितर्फ केयर क्रप, क्रिएटिभ माइन्ड, क्रिएटु डेभलपर वान, आइसिटी फर एग्रिकल्चर, साथी र दि रिभोलुसन रहेका छन् । कर्पोरेट सोलुसन्सतर्फ एप्स झोला, क्याबी, ड्रुपार्टमेन्ट, इगल स्कुल बस, क्यूओडी र सेन्टीनेप रहेका छन् ।
त्यसैगरी शिक्षा क्षेत्रबाट छानिएका समूहमा मेरो एन्सर, ग्रुप अफ इनोभेटिभ डेभलपर, लिएजिज, रीति रिवाज, स्पेशल फोर्सेस् र टिम जेभिरियन छन् । त्यसैगरी पर्यटन क्षेत्रतर्फ हायर ए गाइड, होमस्टे नेपाल, नेपफ्लाइटस्, टिम एल्लो नेपाल, टुरिष्ट टक र लिपी (स्क्रीप्ट) छनोट भएका छन् ।
छनोट भएका २४ समूहहरु मंसिरको २३ देखि २५ गतेसम्म हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन् । उक्त अवसरमा, टिमहरुले नवीनतम व्यवसायको सञ्चालनबारे ज्ञान हासिल गर्नका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकबाट आफ्नो एप निर्माणका लागि सहयोग लिन सक्नेछन् ।
प्रतिस्पर्धाको अन्तिम दिन प्रत्येक समूहले निर्णायक मण्डल सामू आफ्नो अवधारणा प्रस्तुत गर्दै आफ्नो एपको नमुना प्रदर्शन गनुपर्नेछ जसको आधारमा प्रतिस्पर्धाको विजेता निर्णय हुनेछ ।
प्रत्येक विधागत विजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँ नगद पुरस्कारसहित अन्तराष्ट्रिय एप सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया 4