+
+
Shares

गंगनम स्टाइलले तोड्यो यु ट्युवको सीमा, आफ्नो क्षमता बढाउन यु ट्युब बाध्य

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १८ गते १६:४९

gyagnam-style-song

दक्षिण कोरियाली चर्चित गायक साइको बहुचर्चित गीत गंगनम स्टाइलको भिडियोले भिडियो सेयरिङ साइट यु ट्युबको दृश्य सीमा तोडेको छ ।
सन् २०१२ मा रिलिज भएको यो भिडियो यु ट्युबमा हेर्नेको संख्या २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ पुगेसँगै यु ट्युबको ‘भ्यु लिमिट’ छोएको थियो ।
यु ट्युबले आफ्नो सामाग्री हेरिने पटकको गणनामा केवल ३२ घातांक सम्मको अंक मात्र देखाउने गरेकोमा गंगनम स्टाइलको भिडियोले त्यसको सीमा नाघेपछि यो भिडियो हेरिएको पटक देखाउन यु ट्युबसँग कुनै अंक नै भएन ।
गंगनम स्टाइलले आफ्नो भ्यु लिमिटमै चुनौति दिएपछि गुगलले यु ट्युबको दृश्य सीमा बढाउनुका साथै बढि मेमोरी समेत छुट्टाउनु परेको छ । यु ट्युबले आफ्नो भ्यु लिमिटलाई ३२ घातांकबाट बढाएर ६४ घातांकमा पूराएको छ । अर्थात् अब यु ट्युमा कुनैपनि सामाग्री ९२,२३,३७,२०,३६,८५,४७,७५,८०८ पटक सम्म हेर्न सकिनेछ ।
यु ट्युबमा कुनैपनि सामाग्री ३२ घातांकको अंकले भ्याउने पटक भन्दा बढि हेरिएला भन्ने कहिल्यैपनि नसोँचिएको भन्दै गुगलले साइले त्यो रेकर्ड तोडेको जनाएको छ ।
गुगलका अनुसार गंगनम स्टाइलको यु ट्युबमा हेरिने दर निकै बढिरहेको देखेर इन्जिनियरहरु केही महिना अगाडि देखि नै यु ट्युबको भ्यु लिमिट प्रणाली अपडेट गर्ने तयारीमा रहेका पनि जनाएको छ ।
आफ्नो भिडियोले यु ट्युबको क्षमतामा नै प्रश्न उठाएको र क्षमता सुधारका लागि बाध्य पारेको समाचारप्रति साइले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
यु ट्युबले भ्यु लिमिट बढाएसँगै गंगनम स्टाइल यु ट्युबमा २ अर्ब १५ करोड भन्दा बढि पटक हेरिएको देखिएको छ ।
गंगनम स्टाइलपछि यु ट्युबमा बढि हेरिएको दोश्रो गीत जस्टिन बाइबरको बेबी हो । जुन १ अर्ब ११ करोड पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?