Comments Add Comment

बालाजु औद्योगिक क्षेत्र बन्यो कबाडीखाना (फोटो फिचरसहित)

Balaju9

नविन अर्याल

२१ मंसिर काठमाडौं । मुलुककै पुरानो बालाजु औद्योगिक क्षेत्र कबाडीखानामा परिणत भएको छ । भत्केको सडक र फोहोरका थुप्राहरु देख्दा त्यहाँ जाने जो कोही औद्योगिक क्षेत्रमा नभई कबाडीखानामा पुगेको महशुस गर्छन ।

सरकार र व्यवसायीहरुको बेवास्ताका कारण अहिले बालाजु औद्योगिक क्षेत्रले आफ्नो पहिचान गुमाउन थालेको हो । त्यहाँको सरसफाइ र मर्मत सम्हारमा न त सरकारले ध्यान दिएको छ, न त व्यवसायीहरुले नै । Balaju8औद्योगिक क्षेत्र यस्तो हुनुमा सरकार व्यवसायी एकले अर्कालाई दोष दिएर पन्छिने गरेका छन् । बालाजु औद्योगिक क्षेत्र मुलुकका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको कब्जामा रहेको छ ।
औद्योगिक क्षेत्र सरसर्ती हेर्दा त्यहाँ प्रतिष्ठित उद्योगी व्यवसायी नभएर कबाडी व्यवसायीहरु बस्ने गरेको भान हुन्छ । भत्केको सडक, फोहोरका डंगुर, अस्तव्यस्त पार्किङ, बाटोभरी ढल, पानी जमेका खाल्डाखुल्डी, झाडी लगायतबाट औद्योगिक क्षेत्र सुसोभित बनेको छ ।

उत्पादनमुलक उद्योगहरु रहने ठाउँमा व्यवसाय चलाउनेहरुले औद्योगिक क्षेत्रको दोहनमात्र गरे, संरक्षण गर्नेतर्फ ध्यान दिएनन् । नियामक औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आर्थिक स्रोत नहुँदा सरसफाइ र मर्मत संहारमा ध्यान पुर्‍याउन नसकेको बताउँछ ।

‘पहिला सरकारले औद्योगिक क्षेत्रको मर्मत संहारका लागि छुट्टै पैसा उपलब्ध गराउने गथ्र्यो, पछिल्ला वर्षहरुमा सरकारले रकम दिँदैन, आफ्नै आम्दानीबाट सरसफाई तथा मर्मत गर्नुपर्छ’ व्यवस्थापन कार्यालयका महाप्रबन्धक राजेन्द्र थापा भन्छन्- ‘यहाँको भाडा यति थोरै रहेको छ कि जसबाट सामान्य कामसमेत गराउन पुग्दैन ।’

Balaju6

मुलुकमा प्रजातन्त्र, लोकतन्त्र आएपनि औद्योगिक क्षेत्रमा अझै आउन सकेकेा छैन् । त्यहाँ रहेका व्यवसायीहरुले पञ्चायतकालीन भाडामा जमित तथा भवन प्रयोग गर्दै आएका छन् ।
निकै न्यून रहेको भाडा पनि व्यवसायीहरुले बढाउन दिँदैनन् । बलल-बल्ल २०७० बैशाखदेखि वृद्धि गरेको भाडापनि पञ्चायतकालको झझल्को दिलाउने खालको छ ।
राजेन्द्र थापाका अनुसार त्यहाँ जग्गाको प्रतिरोपनी वाषिर्क १२ हजार ५ सय २० रुपैयाँ तिरे पुग्छ ।

जुन रकम मासिक रुपमा तिरेर राजधानीमा ३ वटा कोठासहितको फ्लायट पाउन समेत गाह्रो पर्छ । त्यस्तै, औद्योगिक भवन प्रयोग गर्नलाई प्रतिवर्ग फुट प्रतिमहिना ३ रुपैयाँ ७१ पैसा र गोदाम घरका लागि प्रतिवर्ग फुट प्रतिमहिना ४ रुपैयाँ ९७ पैसा तिर्नुपर्छ ।

औद्योगिक क्षेत्रमा विशाल ग्रुप, दुगड ब्रदर्श एण्ड सन्स, नकस मोटर्स, होण्डा, बैंक अफ काठमाण्डू, जनमैत्री हस्पिटल, नेपाल बैंक, कोकाकोला, नेपाल ग्यास, अग्नी इन्कर्पोरेट लगायतका प्रख्यात व्यवसायी रहेका छन् ।

औद्योगिक क्षेत्रमा बिगि्रएको बाटोमा ट्रक हिँड्दा धुलोले ७ सय रोपनी क्षेत्रफलको पुरै एरिया कभर हुन्छ । राम्रो लुगा लगाएर औद्योगिक क्षेत्रमा प्रवेश गरेको व्यक्ति निस्कदा नचिनिने हुन्छ ।

Balaju2

‘औद्योगिक व्यवस्थापन लिमिटेडले सरसफाई तथा मर्मत गर्न नसक्ने भएपछि त्यहाँबाट आयस्ता खाने व्यवसायीहरुले मिलेर काम गर्नुपथ्र्यो’ महाप्रबन्धक थापा भन्छन्- ‘यहाँका व्यवसायीहरु व्यवसाय चलाउने बाहेक औद्योगिक क्षेत्रको मर्मतमा त्यति चासो देखाउँदैनन ।’

त्यतिमात्र होइन त्यहाँको सबै एरिया झाडीले समेत ढाकेको छ । थापाका अनुसार घरै अगाडी भएको झाडीसमेत व्यवसायीहरुले फाँड्ने गर्दैनन् । घर अगाडी पानी जमेका खाल्डाखुल्डी पनि व्यवसायीहरुले पुर्दैनन् ।

बनस्थलीतर्फबाट प्रवेश गर्ने गेटमा लामो समयदेखि औद्योगिक क्षेत्रबाट गन्हाउने ढल बगिरहेको देखिन्छ । त्यसलाई व्यवस्थित गर्न पनि सरकार र व्यवसायी त्यति चासो देखाउँदैनन् ।

Balaju5

औद्योगिक क्षेत्रबाट निस्किएको ढल रिङरोडबाट बगिरहेको छ । प्रवेशद्धारमा पनि भित्रको वास्तविक रुप देखाउने खालका छाप्राहरु बनाइएर बसेको देख्न पाइन्छ । मुलुकको औद्योगिकरण गर्न स्थापना गरिएको औद्योगिक क्षेत्र कबाडखानामा परिणत भएको देख्दा चित्त दुखेर आउने एक कर्मचारीले बताए ।

औद्योगिक क्षेत्रमा यतिसम्म कि फ्याक्ट्रीबाट निस्किएको फोहोर पानी सडकमै छोडिएको छ । अन्य फोहोर फाल्ने ठाउँ पनि सडकलाई नै बनाइएको छ । सरकारले सरसफाई तथा मर्मतको लागि छुट्टै रकम उपलब्ध नगराउँदासम्म यसको रुप परिवर्तन गर्न नसकिने बताउँछन महाप्रबन्ध थापा ।

अहिले त्यहाँ ५० वर्ष पुराना भवनहरु रहेका छन् । जुन अत्यन्त जिर्ण अवस्थामा रहेका छन् । त्यस्ता भवनहरु मर्मत गर्न पनि व्यवसायी र सरकारले चासो देखाएका छैनन् ।

Balaju4Balaju7Balaju1Balaju3

तस्वीर ः कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment