+

काभा यू-१९ महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

२०८२ कात्तिक  २० गते १५:४४ २०८२ कात्तिक २० गते १५:४४
काभा यू-१९ महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपाललाई माल्दिभ्सलाई सोझो सेटमा पराजित गरी लगातार दोस्रो जित हात पारेको छ ।
  • नेपाल तीन खेलबाट ७ अंक जोडेर लिग चरणको अंकतालिकामा शीर्ष स्थानमा छ भने कीर्गिस्तान ५ अंकसहित दोस्रो र श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छन् ।
  • कीर्गिस्तान र श्रीलंकाबीचको लिग चरणको अन्तिम खेलपछि नेपालकव सेमिफाइनल प्रतिद्वन्दी टुङ्गो लाग्नेछ ।

२० कात्तिक, काठमाडौं । श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५-७, २५-१०, २५-११ ले हरायो ।
दोस्रो जितपछि नेपालले तीन खेलबाट ७ अंक जोडेको छ ।

चार टिम सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंकतालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।

लिग चरणपछि शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।

आजै हुने कीर्गिस्तान र श्रीलंकाबीचको लिग चरणको अन्तिम खेलपछि वरियता टुङ्गो लाग्नेछ ।

हाल नेपाल शीर्ष स्थानमा छ भने कीर्गिस्तान ५ अंकसहित दोस्रो स्थानमा छ भने श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । यदी श्रीलंकाले कीर्गिस्तानलाई हराएमा नेपाल शीर्ष स्थानमा रहनेछ र सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ ।

काभा यू-१९ महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय