+
+
Shares

एमबीबीएस प्रकरणमा लहरो तान्दा पहरो गर्जियो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २२ गते १४:३०

२२ मंसिर, काठमाडौं । एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र किनबेच प्रकरणमा थप केही शैक्षिक संस्थाका सञ्चालकको संलग्नता देखिएको छ ।

Mbbs-exam 4

गोल्डेन गेट कलेजको परीक्षा केन्द्रबाट पक्राउ परेका अभियुक्तहरुसँगको प्रारम्भिक बयानपछि अख्तियारले प्रश्नपत्र किनबेच प्रकरणमा ठूलो गिरोहको संलग्नता पत्ता लगाएको हो ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा एमबीबीएस प्रवेश परीक्षाको तयारी कक्षा चलाउँदै आएका नेम, भाइब्रेन्ट र अर्बिट इन्टरनेशनलका सञ्चालकहरु अख्तियारको अनुसन्धानमा तानिएका छन् ।

भाइब्रेन्टका सञ्चालक डा. सुनिल शर्मा नोबल मेडिकल कलेजका सञ्चालकसमेत हुन् । उनले भाइब्रेन्टको जिम्मा अहिले दाजु केपी शर्मालाई दिएको स्रोतले जनाएको छ ।

त्यस्तै नेमका सञ्चालक डा. नविन शर्मा हुन् । शर्मा विगतका वर्षहरुमा पनि प्रश्नपत्र किनबेचको सेटिङमा संलग्न रहेको अख्तियारका अधिकारीको दाबी छ ।

अर्बिटका सञ्चालक उद्वव केसी घरजग्गा व्यवसायमा डुबेपछि अहिले विदेशमा छन् । अर्बिटका सुनिल रेग्मीलाई एक विवादस्पद मेडिकल कलेजमा भर्ना गरिदिने भनेर विद्यार्थीहरुसँग पैसा असुलेको आरोप लागेकाे छ ।

अख्तियारको टोलीले नेम र अर्बिटमा छापा मारेर केही शंकास्पद कागजपत्र जफत गरेको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए । ‘अनुसन्धानलाई प्रभाव नपरोस भनेर सबै विवरण गोप्य राखिएको छ’ उनले भने ।

स्रोतका अनुसार यी संस्थाका सञ्चालकले आफूकहाँ प्रवेश परीक्षाको तयारीका लागि आउने विद्यार्थी र प्रश्नपत्र बेच्ने गिरोहबीच सेटिङ मिलाउन बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो ।

‘नेम, भाइब्रेन्ट र अर्बिट इन्टरनेशनलका सञ्चालकहरुको यो धन्दा निकै वर्षदेखि चलिरहेको हो’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘यसमा ठूलो गिरोह छ, अख्तियारले लहरो तान्दा पहरो गर्जिन थालेको छ’ ।

यी पनि पढ्नुहोस्

एमबीबीएसमा दलालले गर्छन् डेढ अर्बको खेल

गोल्डेनगेटका देवीरामको रामकहानी-एमबीबीएसको प्रश्नपत्र बेचेको पैसा पत्नीको खातामा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?