+
+
Shares

‘पिके’ हेर्न मोदीलाई अमिर खानको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २२ गते ९:४२

amir-khan
मुम्बर्इ । आफुले बनाएको नयाँ फिल्म ‘पिके’ को प्रचार प्रशारमा ब्यस्त रहेका अभिनेता अमिर खानले फिल्म हेर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिनेमा हलमै निम्ता दिएका छन् ।
‘मलाइ थाह छ प्रधानमन्त्री अत्याधिक ब्यस्त हुनुहुन्छ । तैपनि म आग्रह गर्छु उहाँलाई फिल्म हेर्न लागि ।’ अमिरले भने ‘मेेरो फिल्म हेर्नु भयो भने उहाँहरुले एकछिन भएपनि तनाबवाट मुक्ति पाउनुहुन्छ ।’
फिल्ममा काम गर्ने निर्देशकदेखि कलाकारको निकै प्रसंसा गरेका अमिरले आफ्नो फिल्मले दर्शकलाई सन्तुष्ट बनाउने दाबी गरे ।
तीनखान एउटै फिल्ममा देखिने सम्भावना कहिले पूरा होला ?
संवाददाताले सोधेको प्रश्नको जवाफ दिंदै अमिरले भने ‘तीनै जनालाई मन पर्ने स्टोरी भयो भने तीन खान एउटै पर्दामा चाँडै देखिनेछन् ।’ शाहरुख, सलमान र अमिरलाई एउटै पर्दामा देख्न पाउदा दर्शक समेत खुसी हुने उनको भनाइ थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?