सानो पर्दामा कमेडीका माध्यमबाट चर्चा बटुलेका पुरन थापा अब चलचित्रको निर्देशक बनेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ शुक्रबारबाट हलमा लाग्दैछ ।
सानैबाट नायिका बन्ने सपना बोकेर काठमाण्डौ छिरेकी सारिका केसी चलचित्रको शिर्ष भूमिकामा छिन् । उनलाई जयकिशन बस्नेतले साथ दिएका छन् । कमेडी कथामा बनेको यो चलचित्रले दर्शकलाई २ घन्टा भरपुर मनोरञ्जन दिने पुरनको तर्क छ ।
यही चलचित्रको व्यापारले आफ्नो करिअरलाई महत्वपुर्ण असर पार्ने नव–कलाकार सारिकाको तर्क छ । चलचित्रमा सारिकाले बाँझी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा उनी र जयकिशन मिलेर दर्शकलाई हसाँउने छन् ।
पौष २६ गतेबाट हलमा लाग्ने चलचित्रले निर्देशक र नव–कलाकार सारिकाको भविष्य निक्र्यौल गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4