+
+
Shares

अपडेट : ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १६:०३

२३ मंसिर, काठमाडौं । काठमाडौंको तीनकुनेमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाकी २७ वर्षीया निशा बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना २ ख ९६८४ नम्बरको ट्रकले बा ५६ प ६८६१ नम्बरको स्कुटरमा सवार बस्नेतलाई सोमबार बेलुकी तिनकुनेमा ठक्कर दिएको थियो । शरीरको तल्लो भागमा चोट लागेर बस्नेत गम्भीर घाइते भएकी थिइन् ।

सिभिल अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा मंगलबार विहान १० बजेतिर उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका लव चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?