Comments Add Comment

तीन वर्षमा २८५ किलो सुन समातियो : प्रहरी

२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीले तीन वर्षमा २ सय ८५ किलो सुन बरामद गरेको छ । सुन बरामद गर्ने क्रममा नाम गोप्य राखिएका ‘सुराकी’ले ३० करोड रुपैयाँ कमिसन खाएका छन् ।

sunसुन बरामद गर्दा दिने गरिएको सुराकी खर्चबारे गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिले बुधबार स्पष्टीकरण लिएको छ ।

संसदीय समितिलाई स्पष्टीकरुण दिने क्रममा प्रहरी महानिरीक्षक अर्यालले ३ वर्षमा २ सय ८५ किलो सुन बरामद गरिएको जानकारी दिएका हुन् ।
बरामद गरिएको सुनको मूल्य अन्दाजी १ अर्ब २० करोड रहेको छ ।

प्रहरी प्रमुखले दिएको जानकारी अनुसार सुन बरामद गर्न खटाइने सुराकीलाई सुनको २५ प्रतिशत कमिसन दिने प्रावधान छ । यसरी सुन बरामद गर्ने क्रममा करिब ३० करोड रुपैयाँ सुराकीका नाममा खर्च देखाइएको छ ।

लेखा समितिमा स्पष्टीकरण दिँदै प्रहरी प्रमुख अर्यालले सुराकीहरुको नाम अदालतबाहेक अरुलाई बताउन नमिल्ने जिकिर गरे ।

नेपाल प्रहरीले पछिल्लो एक वर्षमा मात्रै १ सय ११ किलो सुन बरामद गरेको गृहमन्त्रालयका अधिकारीले संसदीय समितिलाई जानकारी गराएका छन् ।
rajaswoतर, प्रहरी प्रमुख र हाकिमहरुले आफ्नै मान्छेलाई नक्कली सुराकी खडा गरेर रकम लिने गरेको उजुरी लेखा समितिमा परेको छ । यही उजुरीका आधारमा लेखा समितिले गृहसचिव सिलवाल र प्रहरी प्रमुख अर्याललाई स्पष्टीकरण लिन बोलाएको हो ।

प्रहरी प्रमुख र हाकिमहरुले आफ्नो मान्छेलाई सुराकी भत्ता खुवाउने गरेको भन्दै लेखा समितिमा प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले उजुरी गरेपछि बुधबार अर्याल र सिलवाललाई झिकाइएको हो ।

यसअघि बोलाउँदा नआएका अर्याल बुधबार समितिमा उपस्थित भए । सुराकीलाई दिने कमिसन भन्सार र राजस्व कार्यलयले दिने हुँदा यसमा प्रहरीको संलग्नता नरहेको महानिरीक्षक अर्यालले लेखा समितिलाई जवाफ दिएका छन् ।

सभासदहरुले भने प्रहरीका हाकिमले सुराकी भत्ताका नाममा आफ्ना मान्छेलाई पोस्ने गरिएको भन्दै आशंका प्रकट गरेका छन् ।

लेखा समितिको बैठकमा सुन बरामद र सुराकी भत्ताबारे भिडियो क्लिप र अडियो रेकर्डसमेत सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment