Comments Add Comment

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

Samir Nasri

२५ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रोमालाई २–० ले पराजित गर्दै सिटी ८ अंकका साथ समूह इको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । सीएसकेएस मस्कोलाई ३–० ले हराउँदै बार्यन म्युनिख १५ अंकका साथ समूह विजेता बनेको छ ।

रोमाको घरेलु स्टुडियो ओलिम्पिकोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, ६० औं मिनेटमा समिर नासरीले २५ यार्ड टाढाबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

८६ औं मिनेटमा जाबालेटाले गोल गर्दै पाहुना टोलीको २–० को जित सुनिश्चित गरे ।

Champions-league

सर्जिओ एग्युरो र याया टोरे विना मैदान उत्रिएको सिटीलाई रोमाले केही दबावमा राखेको थियो । आर्सनलका पूर्व स्टाइकर गार्भिन्होले पटक पटक सिटीको डिफेन्स लाइन पार गर्दै  गोलको प्रयास गरेका थिए ।

तर, गोलरक्षक जोए हर्टले मनालाको हेड बलको उत्कृष्ट बचार गरे भने मार्टिन डिमिचिलले गोललाइनबाट बल क्लियर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment