Comments Add Comment

प्रचण्ड दस्तावेज लेखनतिर लागेपछि शीर्षनेताको छलफल प्रभावित

prachanda  (4)

  • फाइल फोटो

२५ मंसिर, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्ड आइतबारदेखि हुने केन्द्रीय समितिको बैठकका लागि दस्ताबेज लेखनमा व्यस्त भएका छन् ।

विहीबारदेखि कसैसँग भेटघाट नगरी लेखनमा लागेका प्रचण्डले शुक्रबार अपरान्हसम्म दस्तावेज तयार पारिसक्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

बाबुरामलाई पार्टी अध्यक्ष बनाउने सहमति

आइतबार बस्न लागेको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनको तयारी गर्ने बताइएको छ । प्रचण्डले लेख्ने दस्तावेज पनि त्यसैमा केन्द्रित हुने एमाओवादी नेता बताउँछन् ।

यसैसाता एमाओवादीका शीर्ष नेतावीच भएको सहमतिअनुसार चाँडो भन्दा चाँडो विशेष महाधिवेशन गर्ने बताइएको छ ।

दुई वर्षअघि भएको हेटौडा महाधिवेशनले उत्पादन बढाउने कार्यदिशा तय गरेको थियो । तर, वर्षदिन नबित्दै विवाद बढेपछि बिराटनगरमा राष्ट्रिय सम्मेलन गरिएको थियो ।

बिराटनगर सम्मेलनमा विवाद बढेपछि भट्टराई पक्षले पदत्याग गरी केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको थियो ।

पछिल्लो समयमा विशेष महाधिवेशन गरेर बाबुरामलाई अध्यक्ष पद हस्तान्तरण गर्न प्रचण्ड सहमत भएपछि एमाओवादीभित्रको विवाद मिलेको छ । तर, डा. भट्टराईले आफूले पदीय भागवण्डा खोजेको नभई पार्टीको नयाँ कार्यदिशा विकासमा जोड दिँदै आएको बताएका छन् ।

दस्तावेज लेखनले शीर्षनेताको छलफल प्रभावित

दस्तावेज लेखनका लागि प्रचण्ड व्यस्त भएपछि विहीबार प्रमुख दलका शीर्षनेतावीच कुनै औपचारिक वार्ता र छलफल भएन । तर, नेताहरुवीच अनौपचारिक कुराकानी भने जारी रह्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका नेताले बुधबार सामान्य छलफल गरेका थिए । त्यसो त संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै प्रमुख दलहरुले कार्यदलसमेत बनाएका छन् ।

यद्यपि कार्यदलका एक नेता कृष्णबहादुर महरा रोल्पा गएकाले विहीबार कार्यदलको बैठक पनि बसेन । तर, शीर्ष नेताहरु वीच बुधबार अनौपचारिक छलफल भएको र सहमतिको नजिक पुग्न लागेको नेताहरुको दाबी छ ।

संघीयतामा सहमति नजिक पुगेको दाबी

शीर्ष नेताहरुको औपचारिक बैठक नबसे पनि प्रमुख राजनीतिक दलहरु विहीबारदेखि सहमतिको नजिक पुगेको सूत्रहरुको दाबी छ ।

तराईका पाँच जिल्लालाई कता राख्ने भन्ने र राष्ट्रपति एवं प्रधानमन्त्री लगायतका पाँच पदको भागवण्डा कसरी गर्ने भन्नेबारे सहमति हुनासाथ संघीयताको संख्यासम्बन्धी विवाद सुल्झने नेताहरुले बताएका छन् । (हेर्नुहोस् अनलाइनखबरका मात्रिका पौडेलको विश्लेषण)

शुक्रबार २० दलको बैठक

स्रोतका अनुसार प्रचण्डले केन्द्रीय समितिको दस्तावेज लेखिसकेपछि शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा विपक्षी २० दलीय मोर्चाको बैठकमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment