Comments Add Comment

आइफोन-६ ‘वर्ष ग्याजेट’ बन्न सफल, यस्ता छन् याहुका टपटेन ग्याजेट्स

वर्ष सन् २०१४ को अन्तिम महिना चलिरहेको छ । विश्वका टेक जाएन्ट गुगल, फेसबुक, याहु लगायतका नामी टेक कम्पनीहरुले यो वर्षका सबैभन्दा चर्चित एप्स, इभेन्ट्स तथा ग्याजेटहरुको सूचि सार्वजनिक गरिरहेका छन् ।
यहीँ मेलोमा याहुले सन् २०१४ मा आफ्नो सर्च इन्जिनमा सबैभन्दा धेरै खोजी गरिएका ग्याजेटहरुको सूचि सार्वजनिक गरेको छ । याहुमा सर्च गरिएका यो वर्षमा टप टेन ग्याजेट यस्ता छन्-
iphone 6आइफोन ६
यो वर्षको सबैभन्दा लोकप्रिय ग्याजेटको उपाधि एप्पलको आइफोन सिक्स तथा आइफोन सिक्स प्लसले पाएको छ । सन् २०१४ मा यााहुमा सबैभन्दा बढि ठूलो स्त्रिmनवाला आइफोन सिक्स तथा फ्याबलेट आइफोन सिक्स प्लसको खोजी गरिएको ग्याजेट रहेको याहुले जनाएको छ । यो वर्षभरमा याहु सर्च इन्जिनमा सर्च गरिएका सबै विषयहरुको सूचिमा समेत यी दुई आइफोन नबौँ नम्बरमा पर्न सफल भएका छन् । याहुले आइफोन सिक्सलाई ग्याजेट अफ दी इयर घोषणा गरेको छ ।

galexy s 5

सामसुङ ग्यालेक्सी एस ५

यो वर्षमा याहुमा सबैभन्दा धेरै खोजी गरिएको दोश्रो लोकपि्रय ग्याजेटको रुपमा सामसुङको ग्यालेक्सी एस फाइभ परेको छ । सन् २०१४ को तेश्रो चौमासिकमा सामसुङले एप्पलले भन्दा दोब्बर बढि स्मार्टफोन बेच्न सफल भएको भएपनि सामसुङका ग्याजेटहरु लोकपि्रयताको सूचिमा एप्पलभन्दा पछाडि रहेको याहुले जनाएको छ ।

nod 4

ग्यालेक्सी नोट ४
यो वर्ष सबैभन्दा धेरै खोजि गरिएको ग्याजेटको तेश्रो नम्बरमा सामसुङकै ग्यालेक्सी नोट फोर फ्याब्लेट परेको छ । ५.७ इन्च स्त्रिmनको यो फ्याबलेटले निकै लोकपि्रयता पाउनुमा एचडी स्त्रिmन, लामोसमय टिक्ने ब्याट्री र स्टाइलिस डिजाइन नै मुख्य कारण हो ।

hero gopro
गो प्रो हिरो क्यामेरा
अमेरिकी कम्पनी गो प्रो ले उत्पादन गरेको हाइ डेफिनेसन क्यामेरा हिरो फोर याहुको खोजी सूचिमा चौथो नम्बरमा पर्न सफल भएको छ । खराब मौसम, पानी तथा धुलो प्रतिरोधी दाबी गरिएको यो एक्सन क्यामेराले फुल एचडी तस्वीर ३० फ्मरे प्रतिसेकेण्डको दरले रेकर्ड गर्न सक्छ । खासगरि ट्राभलरहरुको पहिलो रोजाई बन्न सफल भएको गो प्रो हिरो यो बर्षको याहु उत्कृष्ट ग्याजेटभित्र पर्न सफल भएको छ ।

ipd

एप्पल आइप्याड मिनि
याहुमा सर्वाधिक खोजी गरिएका ग्याजेटको पाँचौ नम्बरमा परेको छ, एप्पलको आइप्याड मिनी । ७ इन्चको यो तेश्रो पुस्ताको ट्याब्लेट अघिल्लो अक्टोबरमा सार्वजनिक गरिएको हो । यसमा टच आइडी स्क्रिनका साथै एप्पल पे सिस्टम समेत रहेको छ । एप्पलले आइप्याड मिनी टू को मूल्य घटाइदिएकाले पनि समग्रमा आइप्याड मिनी ट्याब्लेटहरुको बारेमा अनलाइनमा जान्न चाहनेको संख्या बढि रह्यो ।

xbox 1

माइक्रोसफ्ट एक्सबक्स वान
माइक्रोसफ्टको होम भिडियोगेम मेसिन एक्सबक्स वन यो वर्ष याहुमा सबैभन्दा बढि खोजिएको ग्याजेटमध्ये छैटौँ नम्बरमा परेको छ । सोनीको ‘प्लेस्टेसन फोर’ र निन्टेन्डोको ‘वी यु’लाई पछि पार्दै एक्सबक्स वन याहु प्रयोगकर्ताका बीचमा आफुलाई लोकपि्रय बनाउन सफल भएको छ ।

Amazon Kindle Fire
अमेजन किन्डल फायर
अमेजनको ट्याब्लेट तथा इ बुक रिडर किन्डल फायरले पनि आफुलाई वर्षको टपटेन लोकपि्रय ग्याजेटको सूचिमा पार्न सफल भयो । अघिल्लो सेप्टेम्बरमा अमेजनले ९९ र १३९ डलर मूल्यका किन्डल फायर सार्वजनिक गरेपछि आइप्याड मिनि र सामसुङ ट्याबलेटलाई कडा टक्कर दियो । भर्खरै एमेजनले ३ सय डलर मूल्यको किन्डल भोयज सार्वजनिक गरेको जसले आइप्याड एयरलाई टक्कर दिने अनुमान गरिएको छ ।

Sony PlayStation 4
सोनी प्लेस्टेसन फोर
याहुमा सर्वाधिक खोजी गरिएका ग्याजेटको आठौँ नम्बरमा सोनीको प्लेस्टेसन फोर पर्न सफल भएको छ । यसको ग्राफिक्स प्रोसेसिङ पावरलाई सुपरकम्प्युटरसँग समेत तुलना गर्ने गरिएको छ । माइक्रोसफ्ट एक्सबक्स वान भन्दा झण्डै एक सड डलर सस्तो पर्ने भएकाले पनि प्लेस्टेसनको लोकपि्रयता चुलिएको हो ।

Apple iPad Air

एप्पल आइप्याड एयर
वर्षको सर्वाधिक लोकपि्रय ग्याजेटको नबौँ नम्बरमा एप्पलको आइप्याड एयर परेको छ । टच आइडी फिंगरपि्रन्ट स्क्यानर, तिब्रगतिको प्रोसेसर, उत्तम क्यामेरा तथा वाइफाइले युक्त आइप्याड एयर अघिल्लो वर्षको प्रडक्ट भएपनि लोकपि्रयता उस्तै रहेको देखिएको छ ।

Microsoft Surface Pro 3
माइक्रोसफ्ट सर्फेस प्रो
माइक्रोसफ्टले १२ इन्चको ट्याबलेट सर्फेस प्रो थ्री बजारमा ल्याउँदा त्यो ल्यापटपको प्रतिस्थापक रहेको दाबी गरिएको थियो । बिजनेस प्रयोजनका लागि यो मेगा ट्याबलेट अर्थात् ल्यापलेट निकै लोकपि्रय हुने विश्वास गरिएको थियो । यो ट्याबलेटमा विन्डोज ८ को डेक्स्टप भर्सनका साथै माइक्रोसफ्ट अफिस समेत चल्छ । आइप्याड जत्तिकै सजिलो र तथा नोटबुक जत्तिकै शक्तिशाली भनिएको सर्फेस प्रो थ्री ले पनि आफुलाई यो वर्षका टपटेन ग्याजेटको सूचिमा पार्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment