२६ मंसिर, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो सदस्य निर्वाचमा एक सय सत्रजना पूर्ण केन्द्रीय सदस्यहरुले मतदानमा भाग लिन पाउने भएका छन् ।

कुल एक सय ६२ सदस्यीय केन्द्रीय कमिटीका अन्य वैकल्पिक सदस्यले मतदान गर्न पाउने छैनन् । उनीहरुबाट २३ जना पूर्ण र १५ जना वैकल्पिक पोलिटब्यूरो सदस्यको चयन हुने एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उमेद्वारको योग्यता
विधानको धारा ३८ (ख) अनुसार स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनु पर्ने तथा पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था छ ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विधान विवाद समाधान गर्ने कार्यदलले पेश गरेको सुझावका आधारमा यस्तो निर्णय भएको हो ।
कार्यदलले डेढ वर्षभित्रमा विधान अधिवेशन गरी विधानका बाझिएका विषय टुंगो लगाउन सुझाव दिएको छ ।
प्रतिक्रिया 4